Homeमहिलास्वरोजगार भवानी र गौरवशालीले मनाए तीज

स्वरोजगार भवानी र गौरवशालीले मनाए तीज

विर्तामोड । स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाले आज आयोजित एक कार्यक्रमका बीच तीजमिलन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाको महिला उपसमिति तथा शिक्षा उपसमितिको आयोजनामा सम्पन्न कार्यक्रममा कानून व्यवसायी देवी निरौलाले २०७२ मा जारी नेपालको संविधानमा महिलासंग सम्बन्धित कानूनी प्रावधानबारे प्रशिक्षण दिनुभएको थियो ।
महिला उपसमितिकी संयोजक कमला थापा मगरको अध्यक्षता तथा कानून व्यवसायी निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि निरौला, विशेष अतिथि तेजबहादुर कन्दङ्वा, स्वरोजगार भवानीका अध्यक्ष केशव बस्नेत लगायतले मन्तव्य राखेको कार्यक्रममा संस्थाको गतिविधिबारे सचिव मनोज भट्टराईले जानकारी गराएका थिए ।
उपाध्यक्ष नन्दकुमार अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन डिल्लीमाया आचार्यले गर्नुभएको थियो ।
प्रशिक्षणका साथै मनोरञ्जनात्मक तीज मिलन कार्यक्रममा रमेश तिखत्री, मिना अधिकारी लगायतले आ–आफ्ना रचना वाचन गरेका थिए ।

गौरवशाली बचत तथा ऋण सहकारीद्वारा आयोजित तीज मिलन कार्यक्रममा संगिनी नृत्य प्रस्तुतीका लागि तयारी अवस्थामा महिलाहरु ।


त्यसैगरी विर्तामोडस्थित गौरवशाली बचत तथा ऋण सहकारीले पनि सोमबार तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ ।
सहकारीकी महिला उपसमिति संयोजक रुपा राजवंशीको अध्यक्षता तथा विर्तामोड नगरपालिका वडा नं.–५ कि वडा सदस्य भावना आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि आचार्य अतिथिहरु वडा सदस्य हर्कमाया विक, नगरकार्यपालिका सदस्य सुरेन राजवंशी,विर्तामोड उद्योग वाणिज्य संघकी उपाध्यक्ष पार्वता विमली, राधिका चुडाल, पार्वता बस्नेत, मुना घिमिरे लगायतले शुभकामना मन्तव्य राखेको संस्थाका अध्यक्ष लवकुमार चौधरीले जानकारी दिनुभयो ।
युवराज विमली ढुङ्गानाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन अरुण चौधरीले गर्नुभएको थियो ।
सहकारीका संस्थापक अध्यक्ष स्वर्गीय काँशी चौधरीकी श्रीमति झप्पा चौधरीलाई सम्मान गरिएको कार्यक्रममा नेपाली मौलिक परम्परागत संगिनी नाच तथा अन्य मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
महिलास्वरोजगार भवानी र गौरवशालीले मनाए तीज
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img