असार ६, बिर्तामोड । “सिप सिकौं आत्मनिर्भर बनौं भन्ने मुल नाराका साथ” बिर्तामोडमा एक दिवसीय फिनेल बनाउने तालिम सम्पन्न भएको छ। सिप सिकेर उधमशील बन्न प्रेरित गर्ने उद्देश्यले नेवार महिलाहरुको संस्था नेवा: मिसा पुचको आयोजनामा फिनेल बनाउने एक दिवसीय तालिम बिर्तामोडमा सम्पन्न भएको हो। बिर्तामोड ४ स्थित नेवाः छे भवनमा शनिबार सम्पन्न तालिममा बिर्तामोड नगरपालिका भित्रका ५० जना महिलाहरुको सहभागिता रहेको थियो ।
सृजनशील उधमशील महिला समुह बुद्ध शान्तिकी अस्मिता संग्रौला खनाल र बाह्रदशी वडा न ५ की महिला समिति अध्यक्ष सृजना ढुंगेल पौडेलले सहजीकरण गरेकी थिइन्। नेवा मिसा पुचकी संस्थापक अध्यक्ष निलम प्रधान ,नेवा: पासा मुना पुचका उपाध्यक्ष राजिव श्रेष्ठ, पुर्व अध्यक्ष प्रमिश हलुवाई, सहजकर्ता द्वय पौडयाल र खनालले शुभकामना मन्तब्य राखेका थिए। प्रमुख अतिथि नेवा: पासा मुना पुचका अध्यक्ष दिनेश श्रेष्ठले सिकेको स साना सिपले समाजमा उधमशील बन्न सकिन्छ भन्ने उदाहरण दिँदै तालिम पश्चात सिकेका सीप प्रयोगात्मक ढंगले अघि बढाउदै उधमशीलताको यात्रा शुरु गर्न आग्रह गर्नु भयो ।
संस्थाकी अध्यक्ष सारदा शाक्यले कार्यक्रमको मुख्य उद्देश्य महिलाहरुको क्षमता विकास सगै उधमशील बन्न प्रेरित गर्नु रहेको बताउँदै तालिम पश्चात कोही उधमशील बन्न चाहनेलाई संस्थाले सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरिन्। संस्थाकी कोषाध्यक्ष निर्मला ढगोलले स्वागत मन्तव्य राखेकी थिइन् भने संचालन सचिव जानुका प्रधानले गरेकी थिइन्। नेवा: मिसा पुचले महिलाहरु शसक्तिकरण सगै सामाजिक कार्यहरु गर्दै आएको छ ।
































































































