HomeFeatured 2बिर्तामोडमा डिन्स ब्रेन एण्ड स्पाईन क्लिनिक संचालन

बिर्तामोडमा डिन्स ब्रेन एण्ड स्पाईन क्लिनिक संचालन

बिर्तामोड मंसीर । झापा जिल्लाको बिर्तामोड पूर्वको सुगम शहरको रूपमा परिचित छ । बिर्तामोडको सुगमता महसुस गरेर यहाँको जनघनत्व पनि दिनप्रतिदिन बढ्दो छ । बिषेश गरी स्वास्थ र शिक्षाको गुणस्तरलाई मध्यनजर गरी ईलाम पाँचथर, ताप्लेजुङ लगायतका पहाडी जिल्लाहरुबाट बसोबास गर्न तथा उपचारका लागि बिर्तामोड आउनेको संख्या ठूलो छ । यहाँ संचालित निजी तथा सरकारी अस्पतालहरुमा दैनिक जसो बिरामीहरूको घुईचो लाग्ने गर्दछ । यसैबीच सोमबारदेखि बिर्तामोडमै स्वास्थ्य क्षेत्रमा मस्तिस्क तथा मेरूदण्डका बिरामीहरूलाई घरायसी वातावरणमा उपचार दिन “डिन्स ब्रेन एण्ड स्पाईन ’ क्लिनिक संचालनमा ल्याईएको छ ।
लामो समय अनुभव बटुल्नु भएका स्नायु चिकित्सक दिगज श्रेष्ठले बिर्तामोड १ स्थित अतिथि सदन नजिकै क्लिनिक संचालनमा ल्याएका छन् ।
दिनभर गर्नुपर्ने विभिन्न कामहरू सम्पन्न गरेर पनि बचेको समयमा सजिलो र घरायसी वातावरणमा उपचार सेवा दिनु क्लिनिक संचालनको मुख्य उद्देश्य रहेको संचालक डा.श्रेष्ठको भनाई छ।
बिरामीहरुको सुझाव अनुसार संचालनमा ल्याएको यस क्लिनिकमा साँझ ५ बजे देखि बेलुका ९ बजेसम्म सञ्चालन हुने बताइएको छ
यहाँ उपचारका लागि आउने बिरामीहरुले फुल बगैंचाको सुन्दरता संगै चिया बिस्कुट खादै उपचार लिन सक्ने प्रवन्ध मिलाइएको बताइएको छ । त्यस्तै किल्निकले थप सेवा बिरामीहरूलाई अनलाईन परामर्श, टेलिफोन परामर्श सेवा पनि प्रदान गर्नेछ ।
पछिल्लो समय शारीरिक निस्कृयता, दैनिक व्यायाम नगर्ने, तनाव जस्ता समस्याबाट टाउको दुख्ने , निद्रा नलाग्ने जस्ता स्वास्थ समस्याका बिरामीको संख्या दिनानुदिन बृद्धि हुँदै गएको स्नायु चिकित्सक श्रेष्ठ बताए ।
बिगत ७ बर्ष देखि बिर्तामोडको बिर्ता सिटी अस्पतालमा कार्यानुभव संगालेका डा. श्रेष्ठले १४ सय भन्दा बढी सर्जरी गरिसकेको बताए ।
क्लिनिक संचालनमा एम. बि.ए होल्डर नैना प्रधानको साथ सहयोग रहेको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2बिर्तामोडमा डिन्स ब्रेन एण्ड स्पाईन क्लिनिक संचालन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img