HomeFeatured 2स्टुडेन्ट अफ द ईयरको अडिसन झापामा हुने

स्टुडेन्ट अफ द ईयरको अडिसन झापामा हुने

भद्रपुर २५ कार्तिक । स्टुडेन्ट अफ द ईयरको अडिसन झापाको बिर्तामोडमा हुने भएको छ। नेपालकै सबैभन्दा ठूलो र प्रतिष्ठित स्टुडेन्ट ट्यालेन्ट हन्ट रहेको स्टुडेन्ट अफ द ईयरका क्रिएटिभ हेड ईमरान अलीले बताए।
देशभरका १३ बर्षदेखि २१ बर्षसम्मका बिद्यार्थीहरुको सहभागिता रहने झापाको बिर्तामोडसहित देशभरका ११ वटा शहरमा अडिशन हुने अलीले जानकारी दिए ।
स्टुडेन्ट अफ द ईयरमा भाग लिन बिद्यार्थीहरुले रजिष्ट्रेसन शुल्क नौसय उनान्सय रूपैयाँ बुझाउनु पर्ने र त्यसपछि फाइनलसम्म कुनै पनि शुल्क नलाग्ने उनको भनाई छ।
अध्यक्ष अलीका अनुसार बिर्तामोडमा आगामी मंसीर ६ गते अडिसन हुनेछ भने मंसीर ५ गते ट्रफी टुर गरिने छ । स्टुडेन्ट अफ द ईयरका बिजेताले नगद पाँच लाख बराबरको छात्रवृत्तिसहित बिभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्।
स्टुडेन्ट अफ द ईयरकी कार्यक्रम सञ्चालिका इभा गिरीले बिद्यार्थीहरुभित्र लुकेर रहेको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले स्टुडेन्ट अफ द ईयरको आयोजना गरेको बताइन्।
कार्यक्रममा स्टुडेन्ट अफ द ईयरका निर्णायक युवा बैज्ञानिक आरिफ अलीले स्टुडेन्ट अफ द ईयरबाट बिद्यार्थीहरुले आफूलाई निखार्ने मौका पाउने बताए। स्टुडेन्ट अफ द ईयरबाट बिद्यार्थीहरुले आफूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने आरिफको दावी छ।
स्टुडेन्ट अफ द ईयरका प्रोड्युसर दिव्य सापकोटाले बिद्यार्थीहरुले आफ्नो प्रतिभा देखाउने प्लेटफर्म भएको बताए। स्टुडेन्ट अफ द ईयरका कार्यक्रम संयोजक अस्विन तिम्सिनाले स्टुडेन्ट अफ द ईयरमा बिद्यार्थीहरुले आफूमा भएका सबै प्रतिभा प्रस्फुटन गर्ने भएकाले यस कार्यक्रममा भाग लिन सबैलाई आग्रह गरे। कार्यक्रमको सञ्चालन आरोग्य तिम्सिनाले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2स्टुडेन्ट अफ द ईयरको अडिसन झापामा हुने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img