विर्तामोड । जिल्लास्थित कोभिड ब्यवस्थापन समितिले विर्तामोड नगरपालिकाको गरामनी र चारपाने स्वास्थ्य चौकी, अनारमनी नगर अस्पताल र देवी मा.विमा खोप केन्द्र राख्ने निर्णय गरेको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा बसेको बैठकले साउन १२ गतेदेखि १५ गतेसम्ममा जिल्लाका सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र सम्बन्धित पालिकाले तोकेको स्थानमा खोप केन्द्र स्थापना गरी कोरोनाविरुद्ध पहिलो चरणको भेरोसेल खोप लगाइसक्ने निर्णय गरेको हो ।
अत्यावश्यक सेवामा काम गर्ने ब्यक्ति, विदेश जान भिषा लागेका नागरिक, ५५ बर्ष उमेर र सोभन्दा माथिका सम्पूर्ण नागरिक, पेट्रोलियम ब्यवसायमा संलग्न ब्यक्ति, भन्सार एजेन्ट, उद्योग बाणिज्य संघका पदाधिकारी, निर्माण ब्यवसाय संघका पदाधिकारीहरु, नेपाल रेडक्रस सोसाइटीका स्वयम् सेवकहरु वैकिङ सेवामा संलग्न कर्मचारी र सुरक्षा गार्डहरुलाइ पहिलो चर्णको खोप लगाइने बैठकको निर्णय छ ।
बैठकले झापा जिल्लाका नियमित खोप सेवा सञ्चालन भइरहेका कनकाई, झापा, शिवसतासी, गौरादह र गौरीगञ्जमा ७ दिनभित्र यसचरणको खोप सञ्चालन गर्ने र तोकिएका खोप केन्द्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट सुरक्षा ब्यवस्था मिलाउने पनि निर्णय गरेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।
बैठकले कनकाई र दमक नगरपालिकाले घोषणा गरेको नगरपालिका शिल गर्ने निर्णयलाई अनुमोदन गर्दै आवश्यक सहयोग एवं समन्वय गर्ने समेत निर्णय गरेको छ ।
यातायात श्रमिककाे नाम समाबेश किन हुन सकेन ? फ्रन्ट लाईनमा यातायात कर्मचारी र श्रमिक पर्छन कि पर्दैनन ???
निर्णयको कपी नै पोष्ट गरेका छौं । सबैभन्दा आधिकारिक निर्णय पुस्तिका नै हो । तसर्थ हेर्न अनुरोध ।