Homeशिक्षाडिल्लीराम पोखरेल स्मृति प्रतिष्ठानद्वारा विद्यार्थीलाई ब्याग वितरण

डिल्लीराम पोखरेल स्मृति प्रतिष्ठानद्वारा विद्यार्थीलाई ब्याग वितरण

कालीस्थान २६ जेठ । डिल्लीराम पोखरेल स्मृति प्रतिष्ठान झापाले अर्जुनधारा नगरपालिका वडा नं–९ स्थित कालीस्थान मा।वि।मा अध्ययनरत बालबालिकालाई स्कूल ब्याग वितरण गरेको छ ।
विद्यालयमा आज आयोजित एक कार्यक्रमका बीच बालकक्षादेखी ५ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरिएको हो । प्रतिष्ठानका अध्यक्ष लक्ष्मीप्रसाद पोखरेलको प्रमुख आतिथ्य र विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भिष्म मिश्रको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । माध्यमिक तहको उक्त विद्यालयमा बालशिक्षा लिनेदेखि कक्षा–५ सम्मका विद्यार्थीहरुलाई प्रतिष्ठानले झोला वितरण गरेको हो ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष लक्ष्मीप्रसाद पोखरेल, सदस्य जयधर्म पोखरेल, कालिका संस्कृत विद्यापीठका प्राचार्य आ। रघुनाथ रिजाल, विद्यालय ब्यवस्थापन समिति एवं अर्जुनधारा नगरपालिका वडा नं–९ का अध्यक्ष भिष्म मिश्र, विद्यालयका प्रधानाध्यापक इन्द्र उप्रेती लगायतले बालबालिकालाई झोला वितरण गर्नुभएको थियो । झोला प्राप्त गरेका बालबालिकाले खुशी हुँदै प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा सहजीकरण कालीस्थान माविका शिक्षक कुमार मिश्रले गर्नुभएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका बारे परिचय गराउँदै सदस्य जयधर्म पोखरेलले कालीस्थान मा।वि।को कक्षा–३ मा पढ्दापढ्दै डिल्लीराम पोखरेलको २०३३ सालमा असामयिक निधन भएको स्मरण गर्नुभयो । उहाँको स्मृतिमा उहाँकै दाजुभाईहरु लक्ष्मीप्रसाद पोखरेल, प्रेमनारायण पोखरेल र जयधर्म पोखरेलले प्रतिष्ठानको स्थापना गर्नुभएको हो ।
कालीस्थान माविमा अध्ययनरत विद्यार्थीहरुकै लागि खर्च गर्ने गरी प्रतिष्ठानले १ लाख ११ हजार रुपैयाँको अक्षयकोष स्थापना गरिएको बताइएको छ । उक्त कोषको ब्याज रकम विद्यार्थीहरुको अध्ययन एवं प्रोत्साहनका लागि खर्च गरिने बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
शिक्षाडिल्लीराम पोखरेल स्मृति प्रतिष्ठानद्वारा विद्यार्थीलाई ब्याग वितरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img