Homeसमाचारगौरबशालीको १७ औं बार्षिकोत्सव, संस्थापकको स्मृति दिवसमा आँखा शिविर

गौरबशालीको १७ औं बार्षिकोत्सव, संस्थापकको स्मृति दिवसमा आँखा शिविर

बिर्तामोड २४ माघ । गौरबशाली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापनाको १७ ओै बार्षिकोत्सव तथा संस्थापक अध्यक्ष काशीलाल चौधरीको ११ ओै स्मृतिमा निशुल्क आँखा शिबिर सम्पन्न भएको छ ।


संस्थाका अध्यक्ष लबकुमार चौधरीको अध्यक्षता तथा मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरूङको प्रमुख आतिथ्यमा सम्पन्न शिविरमा ३३९ जनाले आँखा परिक्षण गराएका थिए । शिविरमा आँखा जाँच गरिएका मध्ये मोतीबिन्दुको समस्या देखिएका ९ जनाको निशुल्क अस्पतालले शल्यक्रिया गरिदिने बताइएको छ ।
यसअघि शिविरको उद्घाटन गर्दै प्रमुख अतिथि गुरुङ्गले आर्थिक अभावकै कारण कसैले पनि आँखाको स्वास्थ्य समस्या खेप्नु नपरोस् भन्ने उद्देश्यले शिविरमा सञ्चालन गरिएको बताउनु भयो । स्वर्गीय काशीलाल चौधरीको भौतिक शरीर नभएपनि सदैव सम्झिरहने एक आदर्श व्यक्तिका रुपमा आफूले चिनेको बताउँदै प्रमुख अतिथि गुरुङले
सेवा नै सबै भन्दा पुण्यको कर्म भएको उल्लेख गर्दै कसैले खर्चको अभाव भएर आँखाको उपचार गर्न नसकेको भए आफू वा अस्पतालमा सम्पर्क गरे सहयोग गर्न तयार रहेको स्पष्ट समेत पार्नुभयो ।
सो अवसरमा अस्पतालकी अधिकृत कविता कार्की कडरिया, कोहेड टोल सुधार समितिकी अध्यक्ष पार्वता खरेल विमली लगायतले मन्तव्य राखेका थिए ।


स्वागत तथा औचित्यमाथि अध्यक्ष चौधरीले प्रकाश पारेको कार्यक्रमको सचिव रुपा राजवंशीले सञ्चालन गर्नुभएको थियो ।
शिविरमा बालबालिका, ज्येष्ठ नागरिकसहित सबैले आँखा परीक्षण गराएका थिए । शिविरमा प्राविधिक सहयोग मेची आँखा अस्पतालको रहेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारगौरबशालीको १७ औं बार्षिकोत्सव, संस्थापकको स्मृति दिवसमा आँखा शिविर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img