भद्रपुर ३० असोज । जिल्ला प्रहरी कार्यालय झापाले ६९ औं प्रहरी दिवसको सन्दर्भमा दर्जनौ सहिद प्रहरी परिवार सहितलाई सम्मान गरेको छ । प्रहरी कार्यालय चन्द्रगढीमा शनिवार आयोजित कार्यक्रममा जिल्लाबाट विगतमा विभिन्न घट्ना क्रममा शाहदत प्राप्त गर्ने ४४ जना अमर प्रहरीका परिवारलाई प्रशंसा पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको प्रमुख आतिथ्यता तथा जिल्ला प्रहरी प्रमुख मिलन केसीले सम्मान गर्नु भएको थियो । त्यसै गरी सोही दिवसको उपलक्ष्यमा आयोजित व्याडमिन्टन र भलिबल प्रतियोगिता खेलमन प्रथम स्थान हासिल गर्ने खेलाडीलाई मेडल र प्रमाणपत्र तथा सहयोगी विभिन्न व्यक्ति तथा संघ संस्थालाई कदर पत्रले सम्मान समेत गरिएको थियो । प्रहरी प्रमुख केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बास्तोला, पुर्व प्रहरी संगठन केन्द्रीय सदस्य मदनगोपाल सुब्बा ,पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलगायतले मन्तव्य राखेका थिए। कार्यक्रमको स्वागत प्रहरी प्रवक्ता कृष्णकुमार चन्द र संचालन मेहेगि ल्हामु तामाङले गर्नुभएको थियो ।
पूर्वप्रहरी संगठनद्वारा सम्मान

६९ औं प्रहरी दिवसकै सन्दर्भमा पूर्व प्रहरी संगठन भद्रपुर नगर कमिटीले पहिलोपटक भद्रपुर नगर भित्र रहेर विगतमा शाहदात प्राप्त गर्ने ७ जना पूर्व प्रहरीका आफन्तलाई सम्मान गरेको छ ।
चन्द्रगढीमा शनिवार आयोजित कार्यक्रम विभिन्न घट्ना क्रममा ज्यान गुमाउने पूर्व प्रहरी परिवारजनका आफन्त क्रमशः सावित्रा दाहाल,शशीकला चापागाईं, गिता न्यौपाने, विनिता मैनाली , ज्ञानुमाया मिश्र, लक्ष्मी ठाकुर र सावित्रा भट्टराईलाई नगद सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो । ढाकालाल अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन केदार अधिकारीले गर्नुभएको थियो
Hey people!!!!!
Good mood and good luck to everyone!!!!!