Homeविचारसामाजिक संजालमा सभ्यताः शब्दले बनाउछ शब्दले भत्काउछ

सामाजिक संजालमा सभ्यताः शब्दले बनाउछ शब्दले भत्काउछ

सञ्जाल हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा बन्दै गएको छ। बिहान उठ्नेबित्तिकै मोबाइल हातमा लिने देखि लिएर राति सुत्नुअघि अन्तिम पटक नोटिफिकेसन चेक गर्ने दैनिकी बनिसकेको छ। यसबाट के बुझिन्छ भने हामी डिजिटल संसारसँग मज्जाले जोडिएका छौं। यसले हामीलाई अभिव्यक्ति स्वतन्त्रता पनि दिएको छ, आफ्ना ज्ञान, विचार, भावना, सिर्जना र अनुभव साझा गर्ने एउटा खुला मञ्च प्रदान गरेको छ। तर, जहाँ स्वतन्त्रता हुन्छ, त्यहाँ जिम्मेवारी पनि उत्तिकै आवश्यक हुन्छ। जहा अधिकार छ त्यहा दायित्व पनि त्यतिकै जोडिएको छ। तर दुर्भाग्यवश, आज सामाजिक सञ्जालमा देखिने एउटा ठूलो समस्या भनेको मनपरी, अश्लील, अपमानजनक र संवेदनहीन कमेन्ट गर्ने प्रवृत्ति हो। यो लेख त्यस्ता कमेन्ट गर्ने व्यक्तिहरूलाई दोष मात्र दिने उद्देश्यले होइन, बरु उनीहरूलाई सकारात्मक सन्देश दिन, सोच परिवर्तन गर्न र सामाजिक सञ्जाललाई स्वस्थ, अनुशासित,मर्यादित, सम्मानजनक र सभ्य बनाउने प्रयासका लागि लेखिएको हो।
तपाई हामीले सबभन्दा पहिला शब्दको शक्तिलाई बुझ्न जरूरी छ। हामीले लेख्ने र बोल्ने हरेक शब्दमा शक्ति हुन्छ। त्यो शक्तिले कसैलाई हौसला दिन सक्छ, कसैको मन जित्न सक्छ, कसैलाई बाचेर हिडन सिकाउछ, कसैलाई हासेर बाच्न सिकाउछ भने त्यहि शब्द हो जसले कसैलाई गहिरो चोट पनि पुर्‍याउन सक्छ। जब तपाईं कुनै पोस्टमा अश्लील वा अपमानजनक कमेन्ट गर्नुहुन्छ, त्यो केवल कमेन्ट मात्र नभै कसैको आत्मसम्मानमा सीधा प्रहार गर्ने एउटा धारिलो हतियार हो। तपाईंले लेखेको एउटा शब्दले कसैको दिन बिगार्न सक्छ, कसैलाई तनावमा पार्न सक्छ, वा उनीहरूलाई सामाजिक सञ्जालबाट टाढा हुन बाध्य बनाउन सक्छ। त्यसैले, लेख्नु अघि दश पटक सोच्नुहोस की यदि यही कुरा मलाई कसैले भन्थ्यो भने कस्तो लाग्थ्यो रु”
स्वतन्त्रता र मर्यादाको सन्तुलन मिलाउने हामी सबैको दायित्व हो। स्वतन्त्रता भनेको जे पायो त्यही बोल्ने वा लेख्ने छुट होइन। त्यो स्वतन्त्रताको प्रयोग एउटा सिमा भित्र मर्यादा, सम्मान र जिम्मेवारीका साथ गर्नुपर्छ। अनलाइन स्पेस पनि वास्तविक समाजकै विस्तार हो र यहाँ पनि त्यही नैतिकता, सभ्यता र अनुशासन लागू हुन्छ। हामी सार्वजनिक स्थानमा कसैलाई अश्लील टिप्पणी गर्दैनौं भने, अनलाइनमा किन गर्छौं रु अनलाइनमा पनि मानिस नै हुन्छन् हैन र १ कहिलेकाहीँ हामी स्क्रिनको पछाडि लुकेर बिर्सन्छौं कि हामी जसलाई कमेन्ट गरिरहेका छौं, त्यो पनि हामीजस्तै भावना भएको, संवेदनशील व्यक्ति हो। उनीहरूको पनि परिवार छ, भावना छन्, सपना छ। तपाईंको एउटा अश्लील कमेन्टले कसैको आत्मविश्वास तोड्न सक्छ। विशेषगरी महिला, किशोर–किशोरी र नयाँ प्रयोगकर्ताहरू यस्ता व्यवहारबाट धेरै प्रभावित हुन्छन्। एकपटक आफूले आफैलाई सोध्नुहोस त “के म अरूको आत्मसम्मान तोड्ने व्यक्ति बन्दै छु की कसैलाई प्रेरणा दिने व्यक्ति ” एउटै थालमा खाईरहेका मानिसहरू पनि सामाजिक संजालको वालमा पुगेर कमेन्ट गर्न थाले पछि हिजोका सगै बसेर गरेका सबै कर्महरू बिर्सिरहेका छौ। प्रेम, सद्भभाव, भाईचारा भन्ने शब्दहरू भावनाको डिसनेरीबाटै हराएका छन।
हामीले घर, विद्यालय र समाजबाट संस्कार सिक्छौं। अहिलेको युगमा “डिजिटल संस्कार” पनि उत्तिकै महत्वपूर्ण भएको छ। सामाजिक सञ्जालमा कसरी व्यवहार गर्ने रु कसरी सम्मानजनक संवाद गर्ने रु कसरी असहमति व्यक्त गर्ने रु यी सबै कुरा सिक्न आवश्यक छ। अश्लील कमेन्ट गर्नु केवल व्यक्तिगत कमजोरी मात्र होइन, त्यो हाम्रो डिजिटल संस्कारको अभाव पनि हो। सामाजिक सञ्जाल केवल आलोचना र नकारात्मकता फैलाउने ठाउँ मात्र हैन होइन। यो त हौसला, प्रेरणा प्रदान गर्दै समाजलाई सकारात्मक बाटोमा हिडाउने एउटा महत्वपूर्ण प्लेटफर्म हो। त्यसैले तपाईको बौद्धिकता, क्षमता र सोचको उजागर त्यहि तपाईको एउटा स्टाटस र कमेन्टले झल्काईरहेको छ।
हामी केवल सामाजिक संजाल प्रयोगकर्ता मात्र होइनौं, हामी समाजका जिम्मेवार नागरिक पनि हौं। हाम्रो व्यवहारले समाजको प्रतिबिम्ब देखाउँछ। यदि सामाजिक सञ्जालमा अश्लीलता र अपमानजनक शब्दहरू प्रयोग गर्छौ भने, त्यसले हाम्रो संस्कार संस्कृती र सामूहिक पहिचानलाई नै कमजोर बनाउँछ।
हामीले यस्तो समाज निर्माण गर्नुपर्छ जहाँ सबैले सुरक्षित महसुस गर्न सकून् । सामाजिक सञ्जाल हाम्रो समाजको दर्पण हो। हामी जस्तो व्यवहार गर्छौं, त्यही संस्कार यहाँ देखिन्छ। यदि हामी सभ्य, सम्मानजनक र सकारात्मक व्यवहार गर्छौं भने, सामाजिक सञ्जाल पनि त्यस्तै बन्नेछ। अश्लील कमेन्ट गरेर एकछिन आफुतिर कसैको ध्यान केन्द्रित गर्न त सकिएला तर त्यसले दीर्घकालीन रूपमा न त तपाईंलाई फाइदा हुन्छ, न त समाजलाई। बरू सकारात्मक सोच, बिचार र शब्दले तपाईंलाई सम्मान दिलाउँछ, सम्बन्ध बलियो पार्छ र समाजलाई अझ सुसंस्कृत बनाउँछ। अन्त्यमा, यत्ति मात्र सन्देश दिन चाहान्छु शब्द छान्नुहोस्, संस्कार देखाउनुहोस्, र सकारात्मकता फैलाउनुहोस्। ता कि तपाईंको एउटा सानो सभ्य अभ्यासले समग्र समाज सुसंस्कृत बनोस् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
विचारसामाजिक संजालमा सभ्यताः शब्दले बनाउछ शब्दले भत्काउछ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img