बिर्तामोड ९ असार । नेपाली काङ्ग्रेसका सभापति गगनकुमार थापाले ९० प्रतिशत समय रिसाएका नागरिक र कार्यकर्तालाइ काङ्ग्रेस पार्टीको इतिहास, योगदान र आवश्यकताबारे बुझाउने काममा लगाउन कार्यकर्तालाइ अपिल गर्नुभएको छ ।
नेपाली काङ्ग्रेस झापाको आयोजनामा बिर्तामोडस्थित पाथीभरा सिने प्लाजामा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अब नेतृत्वका अघिपछि कुदेर पद र टिकट पाइन्छ भन्ने धारणा त्यागेर जनसेवा र नागरिकका काममा खटिन आग्रह गर्नुभएको हो ।
डिजिटल प्रबिधिबाट कृयाशिल सदस्यता अद्यावधिक नगर्ने कार्यकर्तालाइ सस्थागत रुपमा पार्टीले नचिन्ने स्पष्ट पार्दै नेता थापाले अध्यावधिक नगर्नेले महाधिवेशनको कुनैपनि प्रक्रियामा सहभागी हुन नपाउने धारणा राख्नुभयो ।
पार्टीभित्रको भरोसा बिगत १० बर्षयताको सत्ताको खेलले कमजोर बनाएको बताउदै सभापति थापाले सत्ता साझेदारी र चुनाबी सहकार्यको अस्थिर खेललाइ जनताले मन नपराएको बताउनुभयो ।
‘दुइ–तीनजना नेतालाइ पालैपालो प्रधानमन्त्री बन्नुपर्ने राजनीतिक खेल जनताले मन पराएनन’ – नेता थापाले भन्नुभयो–‘ब्यक्तिगत रुपमा कोही पनि चुनाब हारेको होइन ।’
भदौ २३ र २४ मा नागरिक आक्रोश सडकमा देखिएको बताउदै सभापति थापाले उक्त घटनाको छानबिन गरेर तोडफोड र आगजनीमा सम्लग्नलाइ कारबाही गर्नुपर्ने धारणा राख्नुभयो ।
आफ्नो मन्तब्यको अधिकाश समय पार्टीको आन्तरिक बिषयमै खर्चनुभएका थापाले दलीय र सत्ता साझेदारीमा समय खर्चनु ब्यर्थ रहेको धारणा राख्नुभएको थियो ।
हरेक समयमा नेतृत्वदायी भुमिकामा नेपाली काङ्ग्रेस रहेको चर्चा गर्दै उहाँले राष्टृयता, बिधि, नीति, नियम सबिधानको जरा काङ्ग्रेससग जोडिएको बताउनुभयो ।
‘पार्टी कसैको पनि प्राइभेट कम्पनी होइन, पदमा बसेको जिम्मेवारी मात्रै हो । पार्टीभित्र सबै तहका कार्यकर्ता समान छन’– नेता थापाले असन्तुष्ट नागरिक र कार्यकर्ताको मन जितेर पुन नेतृत्वमा जान अग्रज र बिशेष महाधिवेशनप्रति असन्तुष्ट नेताहरुलाइ आग्रह गरिदिन पनि कार्यकर्तालाइ अनुरोध गर्नुभयो ।
समुन्नत नेपाल निर्माण काङ्ग्रेस को मुल लक्ष रहेको बताउदै उहाले भ्रष्टाचारको मुद्दामा काङ्ग्रेसले सून्य सहनशिलता अपनाउने स्पष्ट पार्नुभयो ।
‘बिधिको शासनभन्दा माथि कोही छैन’ नेता थापाले भन्नुभयो–‘कानूनको सीमा र बिधिभत्र रहेर अनुसन्धान गर्न र दोशी भए कारबाही गर्नुस । तर अनुसन्धान गर्दा बिधि मिच्न पाइदैन ।’ सुकुम्बासी समस्या ब्यवस्थापनबिनै बिस्थापन गर्नु सरकारको गलत कदम भएको उहाँको टिप्पणी थियो ।
सामाजिक सेवामूलक कार्यमा पार्टीको पहिचानसहित लाग्न आग्रह गर्नुभएका नेता थापाले असन्तुष्ट नेताहरुको सबै माग पुरा गर्न तयार रहेको तर १४ औ महाधिवेशनबाट निर्वाचित सबैलाई मिलाएर समिति बनाउने प्रस्ताव मान्य नहुने स्पष्ट पार्नुभयो ।
महाधिवेशनको निस्पक्षताप्रति बिश्वस्त रहन आग्रह गर्दै उहाले त्यो बिधान बिपरित हुने बताउनुभयो । ‘अदालतको निर्णय आफ्नो पक्षमा नआएको भए अदालतको निर्णय मानेर महामन्त्रीबाट राजीनामा दिदै म १५ औ महाधिवेशनको सामना गर्थे’– उहाँले भन्नुभयो–‘अग्रजको आशीर्वाद चाहिएको छ ।’ समयको माग चिनेर नेतृत्व स्वीकार गर्न उहाँको आग्रह थियो ।
पार्टी विधानभन्दा माथि कोही पनि छैन– सभापति थापा

































































































