Homeसमाचारइलामको पाथिभरामा सोमबार भण्डाराको तयारी

इलामको पाथिभरामा सोमबार भण्डाराको तयारी

भद्रपुर २ बैशाख । इलामको कोल्बुङस्थित पाथीभरा मन्दिरमा चैते दशैंको अवसर पारेर सोमबार भण्डारा लाग्ने भएको छ । पाथीभरा मन्दिरमा झापाका ब्यवसायीहरूबाट भण्डारा हुने भएको हो ।
झापाका व्यवसायीहरुको समूह पाथीभरा भण्डारा समिति विर्तामोडले भण्डारामा भक्तजनहरुलाई प्रसाद वितरण गर्ने कार्यक्रम छ । पाथीभरामा यो १८ औ भण्डारा हो ।
हरेक बर्ष असोज शुक्ल पक्ष र चैत्र शुक्ल पक्षमा भण्डारा आयोजना हुदै आएकोमा यस वर्ष चैत्र शुक्ल पक्षको सप्तमी (फूलपाती)–का दिन सोमबार मन्दिर परिसरमा भण्डारा गरिने आयोजक समितिका सदस्य सन्तोष अग्रवालले बताए । ८ वर्षअघिबाट लगातार सञ्चालन हुँदै आएको यो कार्यक्रम कोरोनाका कारण केही वर्ष बृहत रुपमा हुन सकेको थिएन । अब भने भण्डारालाई निरन्तरता दिइने अग्रवालले बताएका छन् ।
पाथीभरा भण्डारा समूहले पाथीभरा मन्दिर भएको अग्लो डाँडामा स्वस्थ खानेपानीको ब्यवस्था मिलाएको जनाइएको छ । कुटीडाँडास्थित मार्से खोला मुहानबाट बिद्युतीय मोटरको सहायतामा मन्दिर क्षेत्रमा पानी पुर्याइएको थियो । त्यसक्रममा पाथीभरा भण्डारा समूहले उल्लेख्य सहयोग गरेको पाथीभरा समितिका सचिव एगा अर्यालले बताए ।
मन्दिरको थप जिर्णेदार गर्नुपर्ने आवस्कयता रहेकाले सबै सग राय सुझाब सल्लाह र सहयोग माग गर्ने की भन्ने बिषयमा पाथीभरा समितिको बैठकमा छलफल हुदै गरेको पनि सचिब अर्यालले बताउनुभएको छ । यसैबीच मन्दिर परिसरको केहि क्षेत्रमा टायल लगाउने तथा रङरोगनमा थप सहयोग गर्ने भण्डरा समितिका सदस्य अग्रवालले जानकारी गराउनुभयो ।

spot_img
spot_img
spot_img

1 COMMENT

  1. На АренаИгр представлены последние новости из мира компьютерных игр!
    Arena Igr — это современный ресурс, посвящённый игровой индустрии и всему, что с ней связано. Здесь вы найдёте свежие новости, обзоры и рецензии на самые многочисленные игры.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारइलामको पाथिभरामा सोमबार भण्डाराको तयारी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img