बिर्तामोड ८ जेठ । विद्यालयमा अध्ययनरत बालबालिकाहरूका अभिभावक र विद्यार्थीलाई लक्षित गरि महेन्द्रज्योती माविमा एकदिने साबुन बनाउने तालिम सम्पन्न भएको छ ।
महिला उद्यमी संघ नेपाल झापाको आयोजनामा सञ्चालित तालिमको उद्घाटन बिर्तामोड नगरपालिका वडा नं १० का वडाध्यक्ष दुर्योधन गुरूङले गर्नुभएको थियो ।
तालिम उद्घाटन गर्दै प्रमुख अतिथि गुरूङले ध्यान दिएर सीप सिक्नका लागि आग्रह गर्दै व्यवसायीक रूपमा उत्पादन गरे बजारीकरणका लागि आफूले सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो ।
महिला उद्यमी संघ नेपालकी अध्यक्ष सर्मिला अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि गुरुङ, महेन्द्र ज्योती माविका प्रधानअध्यापक जयकुमार झा, पत्रकार रेजिना गौैतम लगायतले शुभकामना मन्तव्य राख्दै पढाईसंगसंगै प्राविधिक शिक्षाको ज्ञान पनि लिन जरुरी रहेको औंल्याएका थिए । साथै सानो लगानीमा भान्साको काम गर्दागर्दै पनि आफूलाई आवश्यक साबुन उत्पादन गर्न सकिने साबुन बनाउने सीप इच्छाशक्ति अनुसार व्यवसायिक र निजी प्रयोगका लागि मात्रै बनाउने हो भने पनि बार्षिक रुपमा साबुनमा गरिने ठूलो खर्च बचत धारणा राखेका थिए ।
महिला उद्यमी संघ नेपालकी संस्थापक अध्यक्ष गोमा भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन नैनकला भट्राईले गर्नुभएको थियो भने बेदाङ्ग साबुन उद्योगकी उद्यमी बेदकुमारी सुवेदीले सहजीकरण गर्नुभएको थियो ।
महिला उद्यमी संघद्वारा महेन्द्र ज्योतीका विद्यार्थी–अभिभावकलाई साबुन बनाउने तालिम
































































































