माता चन्द्रमाया छेत्री पिता कुमार छेत्रीकी छोरी प्रतिमा छेत्रीको जन्म ११ अक्टुबर १९६७ घुम दार्जिलिङमा भएको हो। घुम उच्चत्तर कन्या माध्यमिक विद्यालयमा अध्ययन गर्नु भयो। अध्ययनकै क्रममा आरोग्य निकेतन नर्सिङ होममा सेवा पुरयाउँदै डा. मोहपाल नर्सिङ होममा प्रतिमाले सात वर्षसम्म काम गरे पछि बासु क्लिनिक चेम्बर अँधेरी पश्चिम मुम्बईमा सात वर्षसम्म काम गरेको प्रमाण पाइन्छ। यसरी नै आफ्नो कामलाई निरन्तर राख्दै समाज तथा साहित्यको सेवा गरिरहनु भएको देखिन्छ।
बाल्यकाल देखि नै साहित्यमा रूचि रहेकोले १३ वर्षको उमेर देखि रेडियो नेपालको बाल कार्यक्रम , चौतारी समूह, साहित्य प्रवाहमा ,दुई हरप गर्दै सन् २०१८देखि नागरिक दैनिक पत्रिकामा नेपालबाट र अन्य पत्र पत्रिकाहरूमा पनि रचनाहरू प्रकाशित गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा रचनाहरू प्रकाशित भएपछि अझ ऊर्जा बड़दै गयो। युगल, एकल गीतहरू ,कथा ,सेलो गीत लेखन कार्यमा निरन्तरता आएकोले गर्दा युगल गीत प्रतिमा छेत्री र एन.बी दाहाल नवीनको संयुक्त रचना –आँखामा सजाउने मुटुभित्र लुकाउने को हो तिमी को हौ? गीतले राम्रो काम पाएको छ।
सङ्गीतकार मिलन तिम्सिना, गायक गायिका धिरज लकान्द्री, अन्जु घिमिरे तिम्सिनाबाट सन् २०२३मा रेकर्ड भएर प्रसारण भएको रहेछ। साहित्य समाजप्रति गीत सङ्गीतमा चासो राखेर आफ्नो कामबाट समय निकालेर यसरी साहित्यको सेवा गर्ने सर्जक प्रतिमा छेत्रीको कृति –मनका तरङ्गहरू हामीले त्रिफला राष्ट्रिय पुस्तकालयको कार्यक्रममा विमोचन गरेको हो। भनौ उहाँलाई त्यसै दिन एक कविको रूपमा परिचय पाएको हुँ। धेरै संघ÷सस्थानमा रहेर महत्वपूर्ण काम गरेको देखिन्छ।
लेख्नु सिर्जना गर्नु भनेको प्रतिभाको लहरो थाङग्रोमा लाए जस्तै सबैले देख्न सक्नु हो। तर त्यसलाई देखाउने शक्ति अर्कै छ, त्यो हो प्रकाशक। साहित्यकार एन.बी. दाहाल ‘नवीन’ ले यो कृतिको प्रकाशक ,सम्पादन गरेर प्रतिभा छेत्रीको प्रतिभालाई समाजप्रति पुर्याउने काम गर्नु भयो। यस कार्यका निम्ति म एन.बी. दाहाल ‘नवीन’ प्रति सलाम गर्छु।
मनका तरङगहरू कृतिको मूल्य तीन सय छ भने एक सय साठ्ठी पृष्ठ रहेको छ। प्रकाशन मिति २०८१मा भएको बुझियो। आवरण चित्र लेखक र प्रकाशक÷ले आउट कमला भट्टराई बुद्ध अफसेट बिर्तामोड़बाट मुद्रण भएको छ। आइस वीएन नम्बर नेपालकै लागेको छ। यो कृति माता–पितालाई समर्पित गरिएको छ। उहाँहरूको नाम तथा फोटो राखेर अमर राख्ने काम भएको छ। उहाँहरूको आशीर्वाद सदा–सर्वदा हार्दिक श्रद्धाञ्जलीमा विजय छेत्रीलाई सपरिवारसहित आफ्नो भिनाजुको फोटो राखेर शब्दहरू उपहार चढाइ श्रद्धाञ्जली अर्पण गरेको रहेछ। विधिको विधान आफ्नो भिनाजु र आफ्नो अभिभावकलाई गुमाउनु पर्दाको त्यो परिस्थिति वर्णन गर्न सकिदैन्। लेखकलाई हौसला दिने कवि तथा गीतकार एन. बी. दाहाल ‘नवीन’ को प्रकाशकीयबाट धेरै कुरा प्रस्ट भएको छ। कुनै पनि बिजको लहरो लाग्दै छ भने सानै होस् त्यसले थाङग्रा खोजिरहेको हुन्छ। प्रतिमा छेत्रीको नयाँ पहिलो कृतिले पनि प्रकाशकको थाङग्रो ठीक समयमा पाएकोले आज प्रतिमा छेत्रीको परिचय पाउन सकियो। भनौ बि. स. २०८१ मा प्रतिमा छेत्रीको साहित्यमा खाता खोलियो नाम दर्ता भयो।
प्रकाशकको उदार हृदयले प्रतिभाले आफ्नो इच्छा पूरा गर्न सफल भइन्। दुई हरप ,साहित्य प्रवाह, साहित्य चौतारी, भारत शाखा, नागरिक दैनिक पत्रिका नेपाल आदिबाट साहित्यमा थप ऊर्जा प्राप्त भएर सिर्जना गर्न सफल भएको थाहा लाग्छ।

युगल गीतलाई एक नजर लाऔँ।
केटा–आँखामा सजाउने मुटुभित्र लुकाउने को हो?
तिमी को हौ सुन सुनन तिमी को हौ?
केटी–परेली झुकाएर मनको बह पोखाउने को हो?
तिमी को हौ मन भनन तिमी को हौ। गीतले मनै लोभ्याई दिन्छ।
मुखबन्ध, वरिष्ठ साहित्यकार व्यङ्ग्यकार कृष्ण प्रधानका प्रशंसनीय शब्दहरूले प्रतिमा छेत्रीको प्रतिभालाई सिढीकै रूपमा माथि उठाउने उर्जाप्राप्त भएको छ। यहाँ कवि प्रतिमा छेत्रीसँगै प्रकाशक होनहार गीतकार एन. बी. दाहाल ‘नवीन’को पनि उचाइ थपिएको देखिन्छ। राम्रो कामलाई यसरी राम्रो भन्न सक्ने मनको कमी छ यहाँ। एउटा राम्रो बिरूवा आएको छ भने त्यसलाई मल जल नगरे मर्न पनि सक्छ। त्यस्तै नव प्रतिभालाई गोड़मेल गर्ने काम हामी सबैको हो।
शुभकामना राजन तामाङले दिनु भएको छ। प्रतिमाको बारेमा थोरै भए पनि यहाँ कुराहरु राख्नु भएको छ। परिस्थितिले समस्यामा पारी दिन्छ। राजन तामाङ भन्नु हुन्छ। प्रतिमाले आफूलाई साहित्यको शीर्षस्थ स्थानमा राख्ने सोच कहिले पनि गरिनन् कर्मको फल मीठो हुन्छ। भविष्यमा प्रतिमा छेत्रीबाट अझ धेरै आशा राख्न सकिन्छ। चौतारी कविता सङ्कलनमा पनि पुसतक एउटा सामुहिक बजारमा आएको छ ।
एक गुच्छा शुभेच्छा प्रतिमालाई, नारी हस्ताक्षर साहित्यकार देवीका मग्रान्ती राईबाट शुभेच्छामा कविको सही कदर भएको छ। उहाँ भन्नु हुन्छ। पूर्ण आशा छ उहाँको यो प्रथम कृतिले पाठकवर्गमा मन जित्ने छ। एउटा कृति प्रकाशित गर्दा एउटै विधा भए राम्रो देखिन्छ, तर प्रतिमाले सबै रचनाहरूलाई समेटेर झोलामा हालेकी छन् काम गर्दै जाँदा धेरै कुरा सिकिन्छ। अर्को कृति प्रकाशित गर्दा यस्ता कुराहरूलाई ध्यान दिन आवश्यक छ।
शुभकामना दुई शब्द कवि गीतकार कथाकार प्रतिमालाई, विष्णु ठकुरीले प्रतिमालाई उठाउने काम र साहित्यको ऊर्जा थप्नु भएको रहेछ। कसैले यसरी साहित्यलाई हृदयबाट माया गर्छ त्यसको सही मार्गदर्शन अति नै आवश्यक हुन्छ। यहाँ विष्णु ठकुरीले एक नारी भएर नारीको प्रतिभालाई कदर गर्नु भएको देखिन्छ। साहित्यकारको धर्म पनि हो।
बहिनीलाई शुभकामना, रूपा छेत्री एक अविभावक हुनुहुँदो रहेछ। उहाँको कलमबाट बहिनीप्रतिको स्नेह झल्की रहेको छ। बहिनीको खरानी मुनिको झरिलो भुङग्रो जस्तो प्रतिभाले आफ्नो भावनालाई साथमा लिएर हिँडे पनि दिदीलाई पुस्तक प्रकाशित गर्ने समय मात्र यहाँ हुनु एउटै घरमा अचम्म लाग्यो। जे होस् प्रतिमाले गरेका कामहरू आज मात्र देखियो कृतिको जन्म पछि।
मेरो भनाइहरू, लेखकका आफ्नो विचारबाट धेरै बुझन सकिन्छ। कसरी यो कृतिको जन्म भयो यथार्थमा उल्लेख गरिएको छ। विशेष गरेर गीतकार साहित्यकार एन. बी. दाहाल ‘नवीन’ ले ठूलो सहयोग गर्नु भएको छ। नवीन प्रतिभालाई थाङग्रा दिने काम गर्नु भएको छ। खुशी लाग्यो। यस कृतिमा धेरैको नामहरू राख्नु भएको छ। दिदी रुपा रभिनाजु बिजय छेत्रीबाट पनि ऊर्जा प्राप्त भएको देखिन्छ। खार्साङ्ग निबासी माइला मामा लक्ष्मीदास बस्नेतका कृतिहरू र अन्य पुस्तक पत्र पत्रिका तथा रेडियो नेपालको बाल कार्यक्रम आदिले गर्दा प्रतिमा छेत्रीको प्रतिभा लहरिन सक्यो। फल पनि राम्रै लाग्छ भन्ने आशा राख्न सक्न्छ। मनका तरङ्गहरू कविता सङ्ग्रहको नाम राखिएता पनि यहाँ भित्र तुक्का कविता, गीत खण्ड र समीक्षा खण्ड पनि समावेश गरिएको रहेछ।यो संग्रह बिबिध भनेर भन्न सकिन्छ । यहाँ भएका विविध विद्याहरूलाई मनन चिन्तन गरी संक्षिप्तमा केही विषयको बारेमा चर्चा गर्ने बिचार गरे।
चिहाएर हेर्दा
चिहाएर हेर्दा तिमीलाई
अन्त कतै मख्ख देख्छु
अनायासै नजर जुधे
सुटुक्कै कतातिर लुक्छौ।
बाहिर रूमाले भित्र गुन्दुक उमाले भन्ने उखान जस्तै कविताले भनेको छ। मनले ठिक्क पारे पनि अन्तैतिर आफ्नो सहभागिता भएपछि उखान जस्तै हुन्छ जिन्दगी।
पछुताउ
फूल्यो अहिले केश राशि
सेताम्मे त्यो हिमाल बनी
पोखिएर आँसु आज फेरि
यादगार सम्झना बनी।
सम्झनाले हृदय जल्दा भावनाले कवि बनायो। मनको कपिमा उतार्दा आज प्रतिभा फुल्न सक्यो। गाउँ समाजमा र स्वयमले भोगेका ती घटनाहरूले कवि हृदय प्रतिभाले पूर्ण भएको छ। जो आज साहित्य समाजको सम्पति बन्न सक्यो।
रित्याइ दिए
चरी गोठैमा माया
लाउन नखोज
त्यो ओइलिएको
फूलको बोटैमा
दुई दिन पछि झरी हाल्छ
त्यो पनि माया लगाई व्यर्थै हुन्छ
तिम्रो यौवन पनि।
मनले सोचे जस्तो हुँदैन। विधिको विधान अनौठो छ। जन्मदा कस्तो लेखी दिए भावीले। एक पल्ट घटेको घटनाको झझल्को त आइरहन्छ, तर हार खानु हुँदैन एक दिन सफल बन्न सक्छ। ओइलिएको फूललाई पनि त्यसै फाल्नु हुँदैन। पौधा पलाउन सक्छ। हिम्मत गर्नु नै भविष्यको मार्ग तयार पार्नु हो।
मत्थु
नछोउ मलाई घिन लाग्यो
पर पर पर जाऊ
कुकुरले पनि सुङदै
आउँदैछ मान्छे हो कि
के हो भनेर ।
मद मदिरा नखाने त कम नै पाइन्छ। त कतिले मद मदिरा खान्छन् थाहै पाइदैन। एउटा लिमिट हुन्छ। जीवन धान्ने त कतिले त रक्सी मद मदिरा खाए पछि अचेत भई नालीतिर मुख जोतेको देखिन्छ। त्यो हो रक्सी मद मदिराले मानिसलाई विस्तारै खाई रहेको हुन्छ। कुकुरले पनि मुखमा अमृतलाई दिन्छ मानवको होस् आउँछ कि भनेर। मत्थुको विषयमा कविता राम्रो सिर्जना गर्नु भएको छ। समाजमा नाम राख्न बुँद बुँद गरेर आफ्नो राम्रो कामले चिनिएको हुन्छ। अचेत हुने गरी खाएपछि बर्षौसम्म कमाएको इज्जत फाल्नु भनेको मानवता हराउनु हो। मद मदिरा खाएर मानवले दानवको व्यवहार गरेको देख्दा रक्सीसँग मानवको जीवन साटे झैँ लाग्छ ।
प्रतिमा छेत्रीका कविताहरू पठन योग्यका छन्। समय समयमा मनका तरङ्गहरू कृतिलाई पढ़ेर समाजमा राख्ने नै छु। लेखेपछि देखिन्छ र देखेपछि त्यसको चर्चा हुनु पर्छ। साना साना दुई हरपले कृतिको जन्म भयो। थोपा थोपा पानीले ठूलै घैला भरिन्छ भने प्रतिमाले पनि बाल्यकालदेखि नै इच्छालाई पाल्दै ल्याएको रहेछ। भने जस्तो हुँदैन समस्याहरूलाई झेल्दै अघि आउनु मानव धर्म हो। प्रतिमालाई यसरी नै साहित्य समाजमा छाई रहने मन लागिरहोस् भन्ने शुभकामना दिँदैछु।
साङ छलमथाङ



















