HomeFeatured 2नेवाः पासा मुना पुचः को १३ औं अधिवेशन सम्पन्न नयाँ नेतृत्व चयन

नेवाः पासा मुना पुचः को १३ औं अधिवेशन सम्पन्न नयाँ नेतृत्व चयन

असार ८ बिर्तामोड । नेवाः पासा मुना पुचः को १३ औ अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । सोमबार बिर्तामोड ४ नेवास्छे भवनमा सम्पन्न अधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको छ ।
पासा मुना पुचको नयाँ नेतृत्व राजिव श्रेष्ठले सम्हालेका छन्। श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय समिति गठन गरिएको छ । समितिको उपाध्यक्ष कमल श्रेष्ठ, सचिव शर्मिला शाक्य ,सह सचिव तारामणि श्रेष्ठ, कोषाध्यक्ष प्रविण शाक्य, सहकोषाध्यक्ष गितादेवि श्रेष्ठ, सदस्यहरु दिपेश बैध, गम्भिररत्न शाक्य,सचिन राज खड्गी, मिलु राजभण्डारी, जितेन्द्र श्रेष्ठ, प्रनिता श्रेष्ठ, अनिता हल्वाई,भिम बहादुर श्रेष्ठ,अलिना उदास,मिलन श्रेष्ठ र प्रभात मास्के सर्वसम्मत चयन भएका छन् । नव गठित समितिको पदावधि दुई बर्षको हुनेछ।
संस्थाका पूर्व अध्यक्ष प्रमेश हल्वाईको अध्यक्षतामा मिसा पुचस्का अध्यक्ष सारदा मास्के र लोक चन्द्र श्रेष्ठ सम्मिलित तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो। उक्त कार्यक्रममा बिरता जेसीज २०२६ का अध्यक्ष लोकचन्द श्रेष्ठ र संस्थापक स्वर्गिय सदस्य शरण प्रधान, मिलन श्रेष्ठ र जितेन्द्र श्रेष्ठलाई सम्मान गरिएको थियो।
नेवाः मिसा पुच की अध्यक्ष सारदा मास्के, ग्वाली पुच अध्यक्ष प्रभात मानन्धर ,संस्थाकी निवर्तमान अध्यक्ष ईश्वरा श्रेष्ठ, पूर्व अध्यक्ष प्रमेश हल्वाई, कृष्ण उदास, श्यामकुमार ताम्राकार लगायतले नव गठित समितिलाई बधाई तथा शुभकामना दिएका थिए । यस अघि संस्थाको नेतृत्व दिनेश श्रेष्ठले सम्हालिरहेका थिए।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2नेवाः पासा मुना पुचः को १३ औं अधिवेशन सम्पन्न नयाँ नेतृत्व चयन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img