Homeसमाचारमुटुराेगबाट बच्न खानपान र शारीरिक ब्यायाममा ध्यान दिनुपर्ने

मुटुराेगबाट बच्न खानपान र शारीरिक ब्यायाममा ध्यान दिनुपर्ने

बिर्तामोड १७ साउन । बरिष्ठ मुटुराेग बिशेषज्ञ राजेन्द्र काेजुले मुटुलाई स्वस्थ राख्नका लागि खानपान र शारीरिक ब्यायाममा ध्यान दिनुपर्ने बताएका छन् । झापाकाे विर्तामोडमा आयाेजित एक कार्यक्रमका बीच मुटु सम्बन्धि अन्तरक्रिया कार्यक्रममा यस्ताे बताएका हुन् ।

अन्तरक्रियामा कार्यक्रमका प्रमुख अतिथि तथा बरिष्ठ मुटुराेग विशेषज्ञ डाक्टर काेजुले मुटुराेग लाग्नबाट बच्ने उपाय, लागेपछि अपनाउनुपर्ने सजगता, मुटुराेगका कारक तत्व, खानपान, मुटुराेगबाट बच्नका लागि शारीरिक ब्यायामकाे प्रभाव लगायतका विषयमा प्रष्ट्याएका थिए ।

हर्ट फाउन्डेसन प्रतिष्ठान झापाकाे आयाेजना, राेटरी क्लव अफ बिर्तामोड, राेटरी क्लव अफ बिर्तामोड मिडटाउन, राेटरी क्लव अफ सुरूङ्गा र राेट्रयाक क्लवकाे समन्वय तथा सहारा नेपाल चारपानेकाे सहयाेगमा आयाेजित कार्यक्रमकाे अध्यक्षता हर्ट फाउन्डेसन झापाका अध्यक्ष सन्ताेष अग्रवालले गरेका थिए ।

सहारा नेपालका प्रबन्ध निर्देशक महेन्द्रकुमार गिरी, हर्ट फाउन्डेसन प्रतिष्ठान काेशीका अध्यक्ष दिनेशभक्त श्रेष्ठ लगायतकाे आतिथ्यता रहेकाे कार्यक्रममा सहभागीहरूले आफू, आफ्नाे परिवारमा देखिएका मुटु सम्बन्धि राेगका समस्या, शंकास्पद अन्य विभिन्न राेग र तिनकाे मुटुसंगकाे सम्बन्ध, मुटुराेगका लक्षण लगायतका विषयमा जिज्ञासा राखेका थिए ।

कार्यक्रममा विभिन्न संघसंस्था, स्वास्थ क्षेत्रमा कार्यरत व्यक्तिहरू तथा सहारा नेपालमा संवद्व कर्मचारीहरूकाे उपस्थिति रहेकाे थियाे ।

हर्ट फाउन्डेसन झापाका सहसचिव राम निराैलाले सञ्चालन गरेकाे कार्यक्रममा स्वागत तथा ओैचित्यमाथि फाउन्डेसनका काेशी प्रदेश सदस्य दिनेश पाेखरेलले प्रकाश पारेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमुटुराेगबाट बच्न खानपान र शारीरिक ब्यायाममा ध्यान दिनुपर्ने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img