HomeFeatured 2झापाका ५ क्षेत्रमा १६ महिलाको मनोनयन

झापाका ५ क्षेत्रमा १६ महिलाको मनोनयन

बिर्तामोड ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापाका ५ वटा निर्वाचन क्षेत्रमा ७ दल र स्वतन्त्रसहित १६ जना महिलाले मनोनयन दर्ता गरेका छन् । जिल्ला निर्वाचन कार्यालय झापाबाट प्राप्त ५ वटै क्षेत्रमा मनोनयन दर्ता विवरण अनुसार झापामा विभिन्न सात दलबाट १३ तथा २ महिलाले स्वतन्त्र मनोनयन दर्ता गराएका हुन् ।
जसमध्ये सबै भन्दा बढी निर्वाचन क्षेत्र नं. २ मा ५ वटा राजनीतिक दलबाट ५ जना महिलाले मनोनयन दर्ता गर्दा ३ स्वतन्त्रसहित १८ जना चुनावी मैदानमा छन् । क्षेत्र नं.२ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा रानामगर, नेपाली कांग्रेसबाट सरिता प्रसाई, नेपाली कम्युनिष्ट पार्टीबाट धर्मशीला चापागाँई, नेपाल किसान मजदुर पार्टीबाट चन्द्रकुमारी गारु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अमृता लावती
त्यसैगरी झापा क्षेत्र नं. ३ र ५ मा ३/३ जना तथा क्षेत्र नं. १ र ४ मा २/२ जना महिलाको मनोनयन दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ । २४ जना उम्मेद्वार रहेको क्षेत्र नं. ५ मा नेपाली कांग्रेसबाट मन्धरा चिमरिया र स्वतन्त्र रुपमा सञ्जना गौतम र शोभा भण्डारीले मनोनयन दर्ता गरेका छन् । १७ जनाले मनोनयन दर्ता गरेको क्षेत्र नं. ३ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट चन्द्रकला साँवा, नेपाल किसान मजदुर पार्टीबाट धर्मलक्ष्मी दुलाल र जनता समाजवादी पार्टीबाट बिनिताकुमारी राजवंशीले मनोनयन दर्ता गराउँदा क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी निशा डाँगी र जनता समाजवादी पार्टीबाट रमा मेचेले मनोनयन दर्ता गराएका छन् भने क्षेत्र नं. ४ बाट श्रम संस्कृति पार्टीबाट अमृतादेवी राई र नेपाल मजदुर किसान पार्टीबाट तुल्सीलक्ष्मी दुमरु उम्मेद्वारका रुपमा उभिएका छन् । क्षेत्र नं. १ मा १५ र ४ मा १६ जना आकांक्षी उम्मेद्वारका रुपमा मनोनयन दर्ज गराएका छन् ।
झापाका पाँचवटा क्षेत्रमा राजनीतिक दल र स्वतन्त्रसहित ९० जनाको उम्मेद्वारी परेको तथ्याङ्कले देखाउँछ । मनोनयन दर्तामाथि दावी विरोध, छानविन र मनोनयन फिर्ता लिन पाउने समय बाँकी नै रहेकोले कति महिला चुनावी मैदानमा पुग्छन् माघ नौ गते चुनाव चिन्ह्र वितरणको समयसम्म कुर्नैपर्ने हुन्छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2झापाका ५ क्षेत्रमा १६ महिलाको मनोनयन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img