बिर्तामोड ९ असार । नेपाली कांग्रेस झापाको आयोजनामा जिल्लास्तरीय कार्यकर्ता भेला विर्तामोडमा आज सम्पन्न भएको छ । भेलालाई नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, प्रतिनिधिसभामा कांग्रेस संसदीय दलका नेता भिष्मराज आङदेम्बे, केन्द्रीय सहमहामन्त्री डिला संग्रौला, नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापा लगायतले सम्बोधन गरेका थिए ।
भेलालाई सम्बोधन गर्दै संसदीय दलका नेता भिष्मराज आङदेम्बेले संसदमा जनसरोकारका विषयमा निरन्तर आवाज उठाइरहेको र उठाइरहने बताउनु भएको छ । आङदेम्बेले प्रधानमन्त्रीका हैसियतमा मुलुकको अस्मितामाथि नै प्रश्न उठ्नेगरी प्रधानमन्त्रीले दिएको अभिब्यक्ति रोष्टमबाटै सच्याउनुपर्ने कंग्रेसको स्पष्ट धारणा रहेको बताउनु भयो ।
कार्यक्रममा संसदमा देखिएका केही आश्चार्य लाग्दा दृश्य र परिवेश उल्लेख गर्दै आङदेम्बेले महत्वपूर्ण विषयमा उपसभामुखले बुझ्दै नबुझी गरेको बहुमतको समर्थनप्रति मातृपार्टीले विरोध गरिरहँदा पनि पत्याइदिनुपर्ने अवस्था आएको बताउँदै भन्नुभयो, ‘बाल हठलाई पनि पत्याइदिनुपर्ने विडम्बना छ ।’
मुलुकको अस्मितामाथि कमजोर अभिव्यक्तिका विरुद्ध सदनमा बलियो रुपमा प्रस्तुत भएको प्रसङ्ग उल्लेख गर्दै आङदेम्बेले भन्नुभयो, हाम्रो मुलुकको रोष्टममा उभिएर बोलेको कुरालाई विदेशीले कमजोर ठाने त्यसको जवाफ पनि रोष्टमबाटै दिन्छौं र देशको सीमाका बारेमा आएको अभिव्यक्तिको जवाफ पनि रोष्टमबाटै खोजेका छौं ।’
ऐतिहासिक गौरब, एकताको गाथा, संघर्षको कथा बोकेको पार्टी नेपाली कांग्रेसलाइ सगरमाथाको उचाइमा पुर्याउन युवा पुस्ताको नेतृत्व आवश्यक रहेको उहाँको धारणा थियो ।
नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा डिला सङ्रौलाले काङ्ग्रेस अगाडि जाने यात्राको शुभारम्भ झापाबाट भएको भएको बताउदै पार्टीलाइ एकताबद्ध बनाइने बताउनुभयो ।
पार्टी बनाउने, देश बनाउने, शुशासन बनाउने अभियान बिशेष महाधिवेशनबाट शुरु भएको बताउदै उहाले यस अभियानमा सबैको साथ रहने बिश्वास ब्यक्त गर्नुभयो ।
युवा र महिलालाइ कृयाशिल बितरणमा प्राथमिकता दिन आग्रह गर्दै उहाले प्रतिस्पर्धामा उत्रने क्षमता बिस्तार गर्न महिलालाइ आग्रह गर्नुभयो ।
उहाले चियाको निर्यात ब्यापारमा देखिएका समस्या समाधान गरेर उध्योग सन्चालनमा ल्याउन सरकारलाइ आग्रह पनि गर्नुभयो ।
नेपाली काङ्ग्रेसका कोशी प्रदेश सभापति उद्वब थापाले बिचारका धनी नेता गगन थापा र बिश्वप्रकाश शर्मा काङ्ग्रेसले पाएको चर्चा गर्दै उहाहरुको बिचार र उत्साह्ले आगामी निर्वाचनमा काङ्ग्रेस पहिलो पार्टी हुने बिश्वास ब्यक्त गर्नुभयो ।
मन दुखाएर बसेका शीर्ष नेताहरुलाइ समेट्न सभापतिलाइ आग्रह गर्दै नेता थापाले अग्रज नेताहरुलाइ सहमतिमा आएर निर्देशकीय भुमिकामा बस्न अपिल पनि गर्नुभयो ।
आफु जिम्मेवारीमा रहेका कारण सस्थागत निर्णय मान्ने स्पष्ट उद्घोष गर्नुभएका थापाले गुटभेलाले कार्यकार्यकर्तामा उत्साह नल्याउने बताउनुभयो ।
नेपाली काङ्ग्रेस झापाका सभापति देउकुमार थेबेले झापामा नवीकरण र नया गरी लगभग ३० हजार कृयाशिल सदस्य अध्यावधिक भैसकेको जानकारी दिनुभयो ।
नेपाल महिला संघकी केन्द्रीय सदस्य मन्धरा चिमरिया पौडेलले परिवर्तनको बिगुल फुक्ने शाहस र शक्ति महिलामा भएको बताउदै उचित सम्मान र ५० प्रतिशत जिम्मेवारी दिन आग्रह गर्नुभयो ।
पार्टीभित्र सभापति गगन थापा र बिश्वप्रकाश शर्मालाइ अर्जुन र कृष्णको भुमिका निर्वाह गर्न आग्रह गर्दै उहाले पार्टीलाइ एकढिका बनाउन पनि आग्रह गर्नुभयो । कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस झापाका सचिव नवीन विमलीले गर्नुभएको थियो । कार्यक्रममा कांग्रेसका केन्द्र, कोशी प्रदेश, जिल्ला, क्षेत्र, प्रदेशसभा क्षेत्र, गाउँ ÷नगर, वडा, टोलसम्मका कार्यकर्ताको भब्य उपस्थिति रहेको थियो ।
कांग्रेस कार्यकर्ता भेला सम्पन्न

































































































