Homeसमाचारक्यान्सरको औषधी अब सहज उपलब्ध हुने

क्यान्सरको औषधी अब सहज उपलब्ध हुने

काठमाडौं ६ असार । क्यान्सर रोगको उपचारमा प्रयोग हुने किमोथेरापी उपचारमा प्रयोग हुने औषधि केही दिनमा सहज उपलब्धता हुने भएको छ । विगत दुई महिनादेखि अभाव भएको क्यान्सरको किमोथेरापीको औषधि अबको केही दिनमै सहज उपलब्ध हुने औषधि व्यवस्था विभागका सूचना अधिकारी किरणसुन्दर ब। उहाँले औषधिको अहिले केही सीमित ठाउँमा मात्र उपलब्ध गराउँदै आएकामा अब सहज रूपमा उपलब्ध गराइने बताए ।
क्यान्सरको किमोथेरापी उपचारका लागि हुने ‘कार्बोप्लाटिन’, ‘सिस्प्लाटिन’ लगायत औषधिको अभाव विगत दुई महिनादेखि भएको हो । विभागले ती औषधि पाउनका लागि जानकी अस्पताल नेपालगञ्ज, पूर्वाञ्चल क्यान्सर अस्पताल विर्तामोड, विराट मेडिकल कलेज विराटनगर, वविना फर्मा पोखरा, पुनम फार्मेसी धरान, राजदूत प्रालि भरतपुर, मल्ल फर्मास्युटिकल्स पोखरा, ताज नेपाल प्रालि काठमाडौँ, डिकेएम फर्मास्युटिकल्स प्रालि काठमाडौँ, सिजल फर्मा र अनमोल हेल्थ केयर काठमाडौँलाई औषधि सहजताका लागि सम्पर्क तोकिएको छ ।
किमोथेरापी उपचारका लागि सबभन्दा बढी ‘कार्बोप्लाटिन’ र त्यसपछि ‘सिस्प्लाटिन’ औषधि आवश्यक पर्दछ । सूचना अधिकारी बज्राचार्यका अनुसार अहिले नेपालमा ‘कार्बोप्लाटिन’ औषधि दुई हजार भाइल र ‘सिस्प्लाटिन’ ५० भाइल मात्र मौज्दात रहेको छ ।
नेपालमा बिरामीका लागि महिनामा एक हजार भाइल ‘कार्बोप्लाटिन’ र ६०० भाइल ‘सिस्प्लाटिन’ आवश्यक पर्दछ । नेपाल औषधि आपूर्तिकर्ता सङ्घका अध्यक्ष पवन आचार्यले बिरामीको उपचारलाई अभाव हुन नदिनका लागि आफूहरूले महँगा भए पनि औषधि नेपाल आयात गरेर उपलब्ध गराइरहेको बताउनुभयो ।
उहाँले एक महिनालाई पुग्ने ‘सिस्प्लाटिन’ औषधि भारतबाट नेपाल आउने क्रममा रहेको जानकारी दिनुभयो । उहाँले सरकारले मूल्य समायोजन गरेपछि औषधिको अभाव नहुने बताउनुभयो । भक्तपुर क्यान्सर अस्पताल, चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत क्यान्सर रोगको किमोथेरापीमा उपचारमा प्रयोग हुने औषधिको अभाव देखिएको हो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारक्यान्सरको औषधी अब सहज उपलब्ध हुने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img