HomeFeatured 2पाँच वर्ष सरकार टिक्नेमा आशंका: थेवे

पाँच वर्ष सरकार टिक्नेमा आशंका: थेवे

बिर्तामोड ६ असार । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले लगभग दुईतिहाई जनमत प्राप्त वर्तमान सरकारका गतिविधिले पाँचवर्षसम्म टिक्छ कि टिक्दैन ? भन्ने प्रश्न उब्जिएको बताउनुभएको छ ।
नेपाली कांग्रेस झापाको आयोजनामा आज विर्तामोडमा सम्पन्न भातृ तथा शुभेच्छुक संघसंस्थाका पदाधिकारी एवं प्रतिनिधिहरुको भेलालाई सम्बोधन गर्दै सभापति थेवेले यस्तो धारणा राख्नुभएको हो ।
२०६४ सालको निर्वाचनमा तत्कालीन नेकपा माओवादीले दुईतिहाई मत ल्याएपनि उसको गतिविधिका कारण पाँचबर्षमै अप्रत्यासित तरिकाले जनमत बद्लिएको बताउँदै अहिले पनि त्यस्तै अवस्था देखिन थालेको बताउनुभयो । सभापति थेवेले जनताका समस्या सम्बोधन गर्ने कुरामा कांग्रेस नै अगाडि रहेको दावी गर्नुभयो ।
भेलामा नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई र नवीन विमली, नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङ, नेपाल महिला संघ केन्द्रीय सदस्यद्वय मन्धरा चिमरिया पौडेल, राधा कार्की, झापा अध्यक्ष टिका सिटौला मैनाली, नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रिय सदस्य उर्मिला ढकाल पोखरेल, नेपाल आदिबासी–जनजाति संघ झापा अध्यक्ष दिलकुमार नेम्बाङ, नेपाल किसान संघ झापा अध्यक्ष रतन थिङलावो, नेपाल दलित संघ झापा अध्यक्ष दलबहादुर विश्वकर्मा, नेपाल ट्रेड युनियन कांग्रेस झापा सचिव जीवनकुमार खड्का, नेपाल मुस्लिम संघका एजाज अहमद अन्सारी, डिएलए झापाका उपाध्यक्ष सेमन्त मिश्र, नेपाल यातायात श्रमिक संघ जिल्ला अध्यक्ष यादव ओली, देवी घिमिरे, देवी खरेल, प्रजातन्त्र सेनानी संघ झापा सचिव पंकज घिमिरे, लोकतान्त्रिक खेलकुद संघ मनोज सुब्बा, झापा सचिव रोशन दाहाल, नेपाल विद्यार्थी संघका गोकुल पौडेल, सञ्जय राई लगायतले आ–आफ्ना धारणा राख्नुभएको नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।
भेलामा यही असार ९ गते नेपाली कांग्रेस झापाको आयोजनामा विर्तामोडस्थित पाथीभरा सिने प्लाजामा हुन लागेको कार्यकर्ता भेटघाट कार्यक्रमबारे चर्चा गरिएको थियो । असार ९ गते नेपाली कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापा लगायतका केन्द्रीय नेताहरु झापा आउँदै हुनुहुन्छ । सभापति भएपछि पहिलोपटक झापा आउन लाग्नुभएका थापासँग विहान ११ः३० बजेदेखि पाथीभरा सिने प्लाजामा कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरिने भएको हो ।
उक्त कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गर्नका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न पनि सभापति थेवेले नेपाली कांग्रेसका सवै तहगत समिति र भातृ तथा शुभेच्छुक संघसंस्थाका पदाधिकारी एवं प्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2पाँच वर्ष सरकार टिक्नेमा आशंका: थेवे
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img