बिर्तामोड २७ बैशाख । समाजमा धेरै यस्ता मान्छे छन् जो कामै नगरी धाक लगाउँछन् । तर, कोही यस्ता पनि छन् जो काम गर्छन् । तर, हल्ला गर्दैनन् उनीहरु जनताको मनमा बसिरहन्छन् । त्यस्तै व्यक्ति हुन् सिपी कडरिया । शहर बजारमा भन्दा कडरियाको चर्चा गाउँमा छ । विर्तामोड नगरपालिका क्षेत्रभित्र पनि यस्ता दुर्गम ठाउँ छन् । जहाँ निर्वाचित भएको ५ वर्षसम्म नगरको नेतृत्व पुग्नै सकेनन् । पुगेपनि विकासका योजना लैजानै सकेनन् । तसर्थ पनि नगरका प्रमुख उपप्रमुखको भन्दा बढी चर्चा र माया बटुल्न कडरिया सफल भएका हुन् । उनी बिर्तामोड नगर क्षेत्रभित्रका गाउँबस्तीमा विकासे नेताका रुपमा चिनिन्छन् ।
अहिलेसम्म कुनै सार्वजनिक पद धारण नगरेका कडरिया गाउँमा अझ विकासका योजना लैजान चाहन्छन् । जसका लागि जनताले जिम्मेवारी दिउन भन्ने अठोटका साथ उनी स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रको संयुक्त गठबन्धनबाट उपमेयरको उम्मेद्वारी दिएका छन् ।
सार्वजनिक पदमा पुग्न नपाएपनि बिर्तामोडमा मात्र भएर उनले जिल्लाकै विकास निर्माणमा योगदान दिएका उनले गाउँ बस्तीमा बाटो , विजुली , सिंचाइ , पुल कल्भर्ट , नदी नियन्त्रणजस्ता धेरै योजना भित्र्याएका छन् । जनताको समस्या बुझेर विभिन्न निकायबाट बजेट ल्याउन सक्ने क्षमता भएकै कारण उनी लोकप्रिय छन् ।
गाउँमा सिंचाई योजना ल्याएर कृषि उत्पादनमा सहजता प्रदान गरेको भन्दै बिर्तामोड ७ का जनता विकासे नेताका रुपमा चिन्छन् । कडरियाले बिर्तामोड वडा नं. ७ फक्तालुङ नजिकै बंगुरभिट्टा सिंचाई योजना पुर्याएका थिए । घरघर र टोलमा बिजुली बत्ती पुर्याएर झलमल्ल बनाईदिएपछि बिर्तामोड ३ का बासिन्दा दंग छन् । वडा नं. १० मा पनि कडरियालाई सम्झने र माया गर्ने साइनो उही विकास निर्माणको हो ।
निर्वाचन प्रचार प्रशारका क्रममा फक्तालुङ टोलमा पुगेका उनलाई नजिकै रहेको सितारमक टोलमा पनि सिचांईको व्यवस्था गरिदिन आग्रह गरे । आफूलाई निर्वाचित गरेर थप जिम्मेवारी दिन आग्रह गर्दै कडरियाले निर्वाचित भएपनि नभएपनि सितारमक टोलमा सिंचाई र पग्लिभट्टी बुट्टाबारी बाटो कालोपत्रे गर्ने प्रतिवद्धता समेत जनाए । साथै हात्ती नियन्त्रण, देउनीया नदी नियन्त्रण जरुरी रहेको जनाउँदै नदी आसपासमा ब्युटिफिकेसनको डिपिआर समेत तयार भइसकेको जानकारी दिए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादीका तर्फबाट विर्तामोड नगरपालिकाको मेयर पदको उम्मेदवार बनेका कडरिया करिव ४ हजार मत ल्याएर पराजित बनेका थिए । उनको पहलमा साढे १० लाख रुपैयाँको लागतमा बिर्तामोड नगरपालिकाको वडा न ३, ४ र ९ मा बत्ती नभएको ठाउँमा तारसहित २७ वटा नयाँ पोल र ३१ वटा पोलमा फोर फेजको लाइन जडान गरिएको हो । जसबाट ३ सय घरधुरी लाभान्वित भएका छन् ।
सामुदायिक स्वास्थ्य इकाइका लागि बजेट ल्याएपछि सम्मान गरिदैँ त्यस्तै बिर्तामोडको एकता टोलमा साढे १२ लाख रुपैयाँको लागतमा ११ हजार केभी क्षमताको बिद्युत विस्तार र मर्मत सुधारको काम भएको थियो भने शहिद राममार्ग (हर्कलाल मार्ग) मा हाईटेन्सन लाइन र १ सय केभीको ट्रान्सफर्मर जडान गर्न आफूले नै पहल गरेको कडरियाले बताए । झापामा ९ वटा ट्रान्सफर्मर जडान गर्नका लागि आफ्नै देन रहेको उनको दावी छ ।
बिद्युतीकरणसंगै सडक, सिंचाई, खानेपानी, स्वास्थ्यलगायतका क्षेत्रमा पनि युवा नेता कडरियाले योगदान दिएका छन् । सिंचाई र नदी नियन्त्रणका लागि करोडौको बजेट ल्याउन कडरियाले पहल गरेका छन् । अर्जुनधारा ११ मा ६ करोड भन्दा बढीको बजेटमा बंगुरभिट्टा सिंचाई आयोजनाको निर्माण सम्पन्न भएको छ । सो आयोजनाबाट बिर्तामोड ६ र ७ का लगभग ३ सय बिगाह जमिनमा सिंचाई सुविधा पुगेको बताइएको छ । त्यस्तै ६ करोड ७४ लाख रुपैयाँको लागतमा हर्चना तीनमुखे पैनी सिंचाई आयोजना पनि सम्पन्न भएको छ । सो आयोजनाका लागि आफूले नै पहल गरेको कडरियाले बताए । त्यस्तै उनकै पहलमा बिर्तामोडमा चारवटा सामुदायिक स्वास्थ्य इकाई संचालन भएको हो । शहीद चन्द्रमार्ग , बुट्टाबारी दक्षिण जाने बाटोलगायतका सडकको स्तरोन्नति गर्नका लागि आफूले सहयोग गरेको उनले बताए ।त्यस्तै नदी नियन्त्रणमा पनि उनको सहयोग रहँदै आएको छ । अधुवा , देउनिया ,घाग्रालगायतका नदी नियन्त्रणमा उनले सहयोग गरेका थिए । पदमा नरहेर यति धेरै काम गर्न सफल कडरियाले गठबन्धनका तर्फबाट बिर्तामोड नगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएका छन् । ‘कुनै सार्वजनिक पदमा नबसी आफ्नै बलबुताले यत्तिका योजना ल्याउन सकेंभने निर्वाचित गरिदिनुभयो भने अझ धेरै योजना ल्याउन सकिनेछ, विर्तामोडबासीको मुहार फेर्ने मन छ ।’ उनले विर्तामोडका विभिन्न वडामा विभिन्न योजनामार्फत झण्डै ५० करोड बढी बजेटको काम गरेको बताइएको छ ।
C.P kadariya ley haarnu janta ley haarnu ho…
Feri panii tyahii galti dohorinu aruu kehii navayii haamro murkhataa ko pramaad hunexa!!!
Kunaii public post maa narahii yatii development projects haruu success garna kohii niswaartha bikaaspremi maanis ley maatraii aatna sakxa!!!