बिर्तामोड १९ असोज । दुर्गा मावि गरामनी माविमा अध्ययनरत पूर्व विद्यार्थीहरुको समूह भूपु विद्यार्थी सक्रिय समूह २०५४–५६ ले दुवै मृगौला फेल भइ डाइलाइसिस गराईरहेका बिर्तामोड नगरपालिका ९ निवासी खेमबहादुर दर्जीलाई आर्थिक सहयोग गरेको छ । सेवा नै मानवीय धर्म हो भन्ने मूल मर्मलाई आत्मसात गर्दै उपचार खर्चको अभावमा छटपटिरहेकाहरुलाई सहयोग गर्दै आएको समूहले मृगौला पीडित बिर्तामोड ९ बाठोबारी निवासी ४८ वर्षीय दर्जीको उपचारार्थ ३६ हजार एकसय ७७ रुपैयाँ सहयोग गरेको समूहकी सदस्य कल्पना मैनालीले जानकारी दिनुभयो । दुवै मृगौला फेल भएर उपचारकै क्रममा रहेका दर्जीकी ४२ वर्षीय श्रीमती सरिता दर्जीको पनि पाठेघरमा ट्युमर भएपछि शल्यक्रिया गरिएको छ । आर्थिक अवस्था कमजोर भएका दर्जी दम्पत्तीनै जटिल रोगबाट ग्रसित भएसंगै उनीहरुलाई आर्थिक संकट परेको हो ।
मृगौला पीडित दर्जी २ वर्ष अघिदेखि मृगौलाको डाइलाइसिस गराइरहेका छन् । दुई जनाको परिवार रहेको दर्जी दम्पत्ती दुवैजना जटिल रोगबाट थलिएपछि उनीहरुलाई दैनिकी पनि छरछिमेकीको सहयोगमा चलिरहेको खेमबहादुरले बताए । खेमबहादुरले भन्नुभयो, ‘गाउँ, घर, छरछिमेकबाट सहयोग त भएको छ, तर, आवश्यक औषधी र डाइलाइसिसका लागि लाग्ने यातायात खर्चको समेत हुँदैन ।’
पाठेघरमा ट्युमरको शल्यक्रिया गरेकी सरिताले आफूहरुलाई बचाइदिन आग्रह गर्नुभयो ।
सञ्चारमाध्यममा समाचार सम्प्रेषण भएपछि भूपु विद्यार्थी सक्रिय समूहकी सदस्य कल्पना मैनालीले फेसबुक पेज बनाएर दर्जीको उपचार सहयोगका लागि आह््रवान गरेकी थिइन् । सोही अपिल अनुसार २९ जनाबाट जम्मा भएको ३६ हजार एकसय ७७ रुपैयाँ दर्जीलाई विद्यार्थी समूहले हस्तान्तरण गरेको हो ।
दुर्गा माविका भूपु विद्यार्थीद्वारा मृगौला पीडित दर्जीलाई सहयोग रकम हस्तान्तरण

игровые автоматы клуба Вулкан предлагают широкий выбор азартных игр и увлекательные бонусные программы для всех любителей азартных развлечений.