Homeखेलभद्रपुर झापा गोल्डकपको अध्यक्षमा पुनः दिपेश ढकाल

भद्रपुर झापा गोल्डकपको अध्यक्षमा पुनः दिपेश ढकाल

भद्रपुर ९ जेठ । भद्रपुर झापा गोल्डकपको शनिबार सम्पन्न दोस्रो अधिवेशनले अघिल्लो कार्य समितिलाई निरन्तर दिदै पुनः दिपेश ढकालको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । मेची रंगशालामा सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा आदित्य पराजुली, उपाध्यक्षहरु डिल्लीराम घिमिरे, गौरब सुब्बा, बाबुराम पराजुली र बसन्त बानियाँलाई सर्वसम्मत चयन गरेको हो ।
यसैगरी महासचिवमा जीवन कुमार श्रेष्ठ तथा सचिवमा तीर्थराज ढकाल र टहलदास मैनाली निर्विरोध निर्वाचित भएको निर्वाचन समिति संयोजक कानुन व्यावसायी दिपेन्द्र भट्टराईले जानकारी दिनुभयो ।
गोल्डकपका संस्थापक अध्यक्ष ढकालले दोश्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्षको भूमिका पाउनु भएको हो । अधिवेशनबाट सहसचिवमा योगेन्द्र पौडेल, कोषाध्यक्षमा अजय साहेवाला र सहकोषाध्यक्षमा नितेश बर्मा निर्वाचित भएका छन् ।
समिति सदस्यहरुमा अर्जुन राई, भरतचन्द्र गुरुङ, खोमकुमारी दाहाल, शमशेर तामाङ, पूर्णमाया सुब्बा लिम्बु, टेकबहादुर गुरुङ, बिक्की साह, कविन राई, प्रज्ज्वल राई, कुमार श्रेष्ठ, तोयानाथ गड्तौला, रियाज ढकाल, कुमार गिरी र मुकेश मित्रुका निर्वाचित भएका छन् ।
दिपेश ढकालको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि भद्रपुर नगरप्रमुख गणेश पोखरेल, कोशी प्रदेशसभाका पूर्वसदस्य वसन्त बानियाँ, प्राध्यापक कृष्ण मैनाली, नेपाल उद्योग वाणिज्य महासंघ कोशीका पूर्वअध्यक्ष टिकराज ढकाल, भद्रपुर–१० का वडा अध्यक्ष टेकबहादुर खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
महासचिव जीवनकुमार श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष ढकालले स्वागत तथा औचित्यमाथि प्रकाश पारेका थिए भने सचिव तीर्थराज ढकालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
खेलभद्रपुर झापा गोल्डकपको अध्यक्षमा पुनः दिपेश ढकाल
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img