Homeमहिलामहिला पत्रकारका लागि प्रदेशस्तरिय खाेज पत्रकारिता तालिम सुरु

महिला पत्रकारका लागि प्रदेशस्तरिय खाेज पत्रकारिता तालिम सुरु

बिर्तामाेड २७ माघ । झापाको बिर्तामोडमा कोशी प्रदेशस्तरीय तीन दिने खोज पत्रकारिता तालिम मंगलबारदेखि सुरु भएको छ।

नारी सञ्चार गृह झापाको आयोजना तथा टेवा संस्थाको सहयोगमा सञ्चालित यो तालिम माघ २७ गतेदेखि २९ गतेसम्म चल्नेछ।

कार्यक्रमको उद्घाटन सत्र नेपाल पत्रकार महासंघकी कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भयो। उद्घाटन मन्तव्य राख्दै प्रमुख अतिथि भण्डारीले यस्ता तालिमले महिला पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने बताइन्।

उनले भनिन्, “यो तालिमपछि तपाईंहरूको कलम थप तिखारिनेछ र समाजका लुकेका विषयवस्तु बाहिर ल्याउन मद्दत पुग्नेछ।”

नारी सञ्चार गृह झापाकी अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष जोत्स्ना श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन्।

अध्यक्ष आचार्यले यो तालिम पत्रकारिता क्षेत्रमा भविष्य खोजिरहेका र क्रियाशील पत्रकारका लागि ‘कोसेढुंगा’ साबित हुने विश्वास व्यक्त गरिन्।

तीन दिनसम्म चल्ने उक्त तालिममा वरिष्ठ पत्रकार बबिता बस्नेत र उमाकान्त खनालले प्रशिक्षकको रूपमा सहजीकरण गरिरहेका छन्।

तालिममा झापा सहित इलाम, पाँचथर, मोरङ र सुनसरी जिल्लाका महिला पत्रकारहरूको उत्साहजनक सहभागिता रहेको छ।

सहभागीहरूलाई खोज पत्रकारिताका आधारभूत सिद्धान्त, रिपोर्टिङका चुनौती र नयाँ प्रविधिबारे प्रयोगात्मक ज्ञान प्रदान गरिने आयोजकले जनाएको छ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
महिलामहिला पत्रकारका लागि प्रदेशस्तरिय खाेज पत्रकारिता तालिम सुरु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img