Homeसमाचारसाप्ताहिक पत्रिका सञ्जाल झापा गठन

साप्ताहिक पत्रिका सञ्जाल झापा गठन

विर्तामोड । झापाबाट प्रकाशित साप्ताहिक पत्रिकाका सम्पादकहरुको भेलाले साप्ताहिक पत्रिका सञ्जाल झापा गठन गरेको छ ।
सम्पादकहरुको विर्तामोडमा सम्पन्न भेलाले बिर्ताज्योति साप्ताहिकका सम्पादक तीर्थ सिग्देलको संयोजकत्वमा समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा निष्कर्ष साप्ताहिकका कार्यकारी सम्पादक विष्णु पौडेल र जनआन्दोलन साप्ताहिकका इन्दु पूर्वेली, सचिवमा मेची खबर साप्ताहिकका सम्पादक राजु पाठक, सहसचिवमा सतासी साप्ताहिकका सम्पादक सेलिङ के सी, कोषाध्यक्षमा मेची आवाज साप्ताहिकका सम्पादक डम्बर बराल रहेका छन् ।
त्यसै गरी सदस्यहरुमा कनकाई आवाज साप्ताहिकका सम्पादक राम निरौला, पूर्वेली साप्ताहिकका अनिल वाग्ले, सन्दर्भ साप्ताहिकका कार्यकारी सम्पादक द्रोण अधिकारी, कसार साप्ताहिकका सम्पादक वेणु अधिकारी, यलम्बर टाइम्स साप्ताहिकका राजन साङपाङ रहेका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समितिका सदस्य रेजिना गौतम नेपाल पत्रकार महासंघ झापा शाखा सचिव सन्तोष आचार्य लगायतले कार्य सफलताको शुभकामना व्यक्त गरेका थिए ।
त्यसै गरी सातसदस्यीय सल्लाहकारमा गोविन्दचन्द छेत्री, माधव विद्रोही, राजबाबु शंकर, गञ्जबहादुर दाहाल, कृष्ण हुमागाँई, दिपिन राई र माया पकवाल रहेका छन् ।
नव गठित समितिले आगामी ६ महिनाभित्रमा विधान निर्माण तथा संस्था दर्ता गरेर अधिवेशन गर्नुपर्नेछ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसाप्ताहिक पत्रिका सञ्जाल झापा गठन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img