भद्रपुर २५ पुस । देश तथा विदेशमा समय सापेक्ष नयाँ प्रविधिको तिव्र विकास भए संगै पछिल्लो समय यसको प्रभाव न्यायलयमा समेत देखिएको छ । झापा बार एसोसिएसनका सदस्य चुडामणि पराजुलीले २०८१ पुस २४ गते अष्ट्रेलियाको सिड्नीबाट मुद्दाको बहस पैरवी गरेसगै विदेशमा रहेर पनि मुद्दामा बहस पैरवी गर्न सकिने रहेछ भन्ने कुराको पुष्टि गरेको छ ।
पराजुलीले झापा जिल्ला अदालतबाट फैसला भएको चोरी मुद्दामा प्रतिवादी नुरत आलमले गर्नु भएको पुनरावेदनमा ईलाम उच्च अदालतका न्यायाधीश रेखा थापा पाण्डे र काजीबहादुर राईको इजलासमा प्रतिवादीको तर्फबाट बहस पैरवी गर्नु भएको थियो । सजायँ हुनेगरी फैसला भएको मुद्दामा पुनरावेदनको तर्फबाट पराजुलीले बहस पैरवी गर्नु भएको हो ।
विदेशबाट पहिलो पटक उहाँले गरेको प्रविधि मैत्री अनलाइन बहस सफल भएको बताउदै नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष अशोककुमार पोखरेलले नेपालको अदालत उच्चस्तरको सूचना प्रविधि दिन सक्षम छ भन्ने कुराको स्पष्ट भएको बताउनु भयो । उहाँले आफूले सर्वोच्च अदालतका प्रधान न्यायाधीशलाई पटक पटक झापा लगायतका पूर्वी क्षेत्रका जिल्ला अदालतहरुलाई समेत अनलाइन प्रविधि वहस पैरवी गर्न अनुमतिका लागि आग्रह गरेको र सो कुरा लागू भै कार्यन्वयन समेत भएको बताउनु भयो । झापा बारका अध्यक्ष नारायणप्रसाद भट्टराईले भर्चुअल भिडियोबाट झापाले अभ्यास गरेको एकबर्ष भए पनि अन्तर्राष्ट्रियस्तरबाट भने पराजुलीले गर्नु भएको बहस पहिलोपटक भएको बताउदै न्यायको सुनिश्चितता गर्न सकिने सर्वसाधारणलाई सुझाव पुगेको बताउनु भयो ।
अष्ट्रेलियाबाट पराजुलीले गरे पहिलो पटक अनलाइन बहस

सम्बन्धित कानुन व्यवसायी सग सम्पर्क गर्न +9779844674033 मा what’s app सम्पर्क गर्न सक्नु हुन्छ ।