Homeबिबिधऐतिहासिक पिपल बोट र सिंहबाहिनी देवीस्थान बारे…

ऐतिहासिक पिपल बोट र सिंहबाहिनी देवीस्थान बारे…

ऐतिहासिक पुरातात्विक महत्वको पिपलको बोट धार्मिक आस्थाको धरोहर रूपमा सिंहबाहिनी देवीमाताको इतिहास कति पुरानो हो भन्ने कुरा अब जनश्रुतीलाई नै आधार मान्नुपर्ने अवस्था छ । प्रारम्भदेखि देख्नेहरु शरीरले नस्वर चोला बदलीसकेको छ । अब सुनेका कुराहरु मध्ये अलिबढी विश्वास लागेका कुरालाई तथ्य मान्नुपर्ने हुन्छ ।
झण्डै दुई शताब्दीको अनुमान गरिएको ऐतिहासिक तथा धार्मिक महत्वको ठाउँ झापा जिल्ला साविक अनारमनी–७ हाल बिर्तामोड नगरपालिका वाड न.४ महेन्द्र राजमार्ग देखि दक्षिण इलाका प्रहरी कार्यालय जात्रुबारी हुदै भुस्री पुल छेउमा रहेको, हर्कलाल मार्ग पश्चिम पुरानो बिजुली अफिस पूर्व भुस्री पुल दक्षिण पशुपंक्षी तथा मत्स्य विकास शाखा कार्यालय छेउ अवस्थित २०० बर्ष ऐतिहासिक पुरातात्विक महत्वको पिपलको बोट धार्मिक आस्थाको धरोहर रूपमा सिंहबाहिनी देवीमाता विराजमान रहनु भएको प्राकृतिक देबी थान रहेको छ ।
जात्रु चौधरीले महेन्द्र रत्न माविलाई २ विगाहा १ कठ्ठा ५ धुर जग्गा दान दिनु भएको थियो उहाँको छोरा पुष्पलाल चौधरीले बुबाले स्कूललाई बचन दिएकोले जात्रुको मृत्यु पछि छोरा पुष्पलालले रजिस्टर पास गरिदिनु भएको थियो । जात्रुका छोरा पुष्पलालको भनाई अनुसार त्यो जमिन जंगल झाडी डाँढा काँडा बासघारी थियो । उहाँका भाई पानीलाल र जात्रुले मिलेर उक्त जग्गालाई सम्याउने खेती योग्य बनाउनु भएको थियो ।
वास्तवमा भुस्री भनेको माताको नाम हो । त्यही माताको नाममा भुस्री काठको पुल बनेको थिए । पुलमुनि बुहाली माछा, मागु माछा, सोल माछा, हिले र गरै माछा प्रशस्तै पाइन्थे । जात्रु छोरा पुष्पलाल चौधरीको भनाई अनुसार एकदिन एउटा गाउँले दिउँसै बाँस काट्न गएका थिए । बाँस काटदै गर्दा सिंहले झम्टी घाईते बनाएको थियो । ती व्यक्ति घरमा घाईते अवस्था आईसके पछि बाघ जस्तो घुर्ने कराउने गर्न थाले । तिनदिनसम्म त्यो क्रम चल्यो । तीनदिनको अन्तरालमा ती मानिसको मृत्यु भयो । त्यसैले सिंहको बासस्थान छ भन्नु हुन्छ । देबी माताको साक्षात बासस्थान रहेको साथै भुस्री माता रहेको भुतप्रेत चार्र भुत रहेको, ढुगां हान्ने, तर्साउने चार्रभुतले दिउँसै गर्ने गर्दथ्यो।
उहाँ भन्नु हुन्छ–ग्राम महाराजको दौड पनि रहेको छ । उहाँ बैशाख देखापर्नु हुन्छ । आषाढ महिना भित्र ग्राम महाराज पुजा आरधना गरिसक्नु पर्छ । हरेक बर्ष धुमधामले गर्ने गर्नुहुन्थ्यो । ग्राम हातीमा सवारी गर्नु हुन्छ । महाराज घोडामा सवारी गर्नु हुन्छ । गजकाली, भद्रकाली, रनकाली, निमुन्डीया काली, भुस्री माता, लखी माता, मदन ठाकुर, टाउवा टाउवानी यी ग्राम महाराज संगै लस्करै लागेर एक स्थान बाट अर्को स्थान हुदै अन्तिम मा ग्राम थानमा बिसर्जन गर्दथे । बली प्रथा पनि रहेको छ । ग्राम महाराजलाई एउटा बोका, ५ वटा पांटी ८ वटा परेवाको बली चढाउनु पर्छ । यो ग्राम पूजा ग्राम थान बनाएर पुज्नु पर्दछ । यो पूजा बिशेष यहाँ मुलवासी तथा आदिबासीहरूले गर्ने गर्छन । यसको महिमा बुझेपछि पहाडी समुदायका मानिसहरू ग्राम पूजा गर्न थालेका छन । ग्राम महाराज आफ्नो यी सबै देवी–देवताहरूको सेनाहरूसंग लस्कर भएर यहाँका मुल आदिबासीहरू मध्य रातमा हिड्दै गरेको देखेको सुनेको जन विश्व रहेको छ । हिडदै गर्दा पिपल बोट पनि बिश्राम तथा दौड रहेको जनविश्वाश रहेको छ । यस्तो पवित्र स्थल एवम धार्मिक मान्यताका साथ लामो समय देखी पुजा आराधना गर्दै आइरहेको अवस्था छ ।
जब बिर्तामोड गाउ बस्ती थिए, ग्राम थान र उक्त पिपल बोट वरीपरी नाग–नागीन देवताहरू नाच्ने,नागंलो जत्रो फन हुने सुन जडित गरगहना मणि देखी प्रकाश उज्यालो ज्योतिहरू हुने गरी नाचेको जनविश्वास रहेको ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
बिबिधऐतिहासिक पिपल बोट र सिंहबाहिनी देवीस्थान बारे…
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img