शिवसताक्षी ८ असार । नेपाली कांग्रेस शिवसताक्षी नगरसहितले नगरपालिकाको बार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्दा रोजगारी बृद्धि, पर्यटन प्रवद्र्धन सामुदायिक विद्यालयमा निःशुल्क गुणस्तरीय शिक्षा र विकास निर्माणलाई प्राथमिकतामा राख्न आग्रह गर्दै १५ बँुदै ध्यानाकर्षण पत्र बुझाएको छ।
नेपाली कांग्रेस शिवसताक्षी नगर समिति सभापति अशोक बस्नेतको नेतृत्वमा नगरपालिका पुगेको टोलीले नगरप्रमुख मेगाहाङ थोप्रा (रोशनलाई ध्यानाकर्षण पत्र बुझएको हो ।
ध्यानाकर्षण पत्रमा फोहोर व्यवस्थापनका लागि दीर्घकालीन योजना र बजेट विनियोजन गर्नुपर्ने, रोजगारी सिर्जनाका लागि औद्योगिक करिडोर स्थापना एवम् उद्योग–व्यवसाय प्रवद्र्धन र रोजगार मूलक तालिम सञ्चालन, सामुदायिक विद्यालयमा निःशुल्क गुणस्तरीय शिक्षाको सुनिश्चितता, क्षमता अनुसार नगर अस्पताल सञ्चालन र जनशक्ति व्यवस्थापनसँगै सेवा प्रवाह, सतासीधाम–दोमुखा –चिल्लागढ– शिवमन्दिर क्षेत्रलाई धार्मिक–सांस्कृतिक पर्यटन प्रवद्र्धनमा जोड्नुपर्ने, कृषि पेशालाई उपकरण मैत्री आत्मनिर्भर बनाउनु पर्ने, कृषि औजार, रासायनिक मल, विउविजन सहुलियत दरमा दिने गरी बजेट तर्जुमा गर्न आग्रह गरिएको छ ।
त्यस्तै अटो र सिटी सफारीलाई करको दायरा ल्याएर भाडामा एकरुपता कायम गर्न, शैक्षिक गुणस्तर बृद्धिका लागि आधुनिक अनुगमन प्रणाली, खेल शिक्षकको व्यवस्था, ब्रेनलीपी र सांकेतिक भाषामा अध्यापन, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या सम्बोधन, नगरभित्र रहेका गणेशमान अध्ययन प्रतिष्ठान, सतासीधाम, शिवगञ्ज बहुमुखी क्याम्पसको शैक्षिक एवं संस्थागत विकासमा बजेट विनियोजन, नगरका योजना, स्थान, उद्देश्य र बजेट सार्वजनिक गरी पारदर्शि र जवाफदेहीता सुनिश्चित गर्ने, प्रबोधीकरण नालिम, गोष्ठी कार्यक्रम सञ्चालन गर्दा नगर भित्रैका संघ–संस्था र सञ्चारमाध्यमलाई प्राथमिकता दिन नगरभित्रको रिङरोड र शाखा सडकको स्तरोन्नती, कालोपत्रे र नियमित मर्मत सम्भारका लागि वजेटवस्थापन गर्न माग गरिएको छ ।
जनप्रतिनिधिमूलक संस्थाप्रति नागरिक जनविश्वास अभिवृद्धि गर्ने, सुशासन र पारदर्शिता कायम गरी समृद्ध नगर निमार्णको साझा लक्ष्य प्राप्तिका लागि अधिकतम माग सम्बोधन हुने अपेक्षा गरिएको सभापति बस्नेतले बताए ।
शिवसताक्षी नगरप्रमुखलाई कांग्रेसको १५ बुँदे ध्यानाकर्षण

































































































