Homeविकासझापा गाउँपालिकाका बाढीपिडितलाई कारितास र रेडक्रसद्वारा राहत

झापा गाउँपालिकाका बाढीपिडितलाई कारितास र रेडक्रसद्वारा राहत

टाघनडुब्बा ८ साउन । बाढीबाट विस्थापित भएका झापा गाउँपालिका वडा नं १ र २ का बाढी पीडितलाई कारितास नेपाल र झापा रेडक्रस सोसाइटीले राहत स्वरुप खाद्य तथा गैह्र खाद्य सामाग्री वितरण गरेको छ ।
कारितास नेपालले बिहिबार झापा गाउँपालिका वडा नं १ मा ८० र वडा नं. २ का ३० सहित ११० परिवारलाई खाद्य सामग्रीहरु वितरण गरेको हो ।
बाढी प्रभावित क्षेत्रमा एक कार्यक्रमको आयोजना गरी कारितास नेपाल दमक शाखाका प्रोग्राम मेनेजर देवेन्द्र पोख्रेलसहितको टोलीले प्रति परिवार २० केजी चामल , तेल २ लिटर, २ केजी दाल, १ लिटर तेल, साबुन, विस्कुट, मास्क , सेनेटाइजर , सेम्पु लगायतका समाग्री वितरण गरेको थियो भने नेपाल रेडक्रस सोसाइटी झापाले ५० थान त्रिपाल र पानी शुध्दिकरण गर्ने औषधी वितरण गरेको थियोे ।
झापा गाउँपालिकाको समन्वयमा भएको कार्यक्रममा झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहले दाताहरुलाई धन्यवाद दिंदै सहयोगका लागि अपेक्षा समेत व्यक्त गर्नुभयो ।
राहत वितरण कार्यक्रममा उपस्थिति झापा गापा अध्यक्ष जयनारायण शाह, उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी, वडा अध्यक्षहरु राजकुमार यादव , नेत्र वहादुर खड्का , झापा जिल्ला रेडक्रस उपशाखाका कोषाध्यक्ष हेम खड्का , कुमरखोद रेडक्रसका सुन्दरलाल गणेश , गाउँपालिकाका विपत फोकल पर्सन दिपेन्द्र न्यौपाने , सचिव नारायणकुमार चम्लागाई , राजकुमार कोच , सन्त निरौला , टेकबहादुर कार्की , मिथिलेस गणेश , पत्रकार, सुरक्षाकर्मी, लगायत स्थानीयको उपस्थिति रहेको थियोे ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
विकासझापा गाउँपालिकाका बाढीपिडितलाई कारितास र रेडक्रसद्वारा राहत
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img