HomeFeatured 2महिला सचेतना तथा कानूनी परामर्श कार्यक्रम सम्पन्न

महिला सचेतना तथा कानूनी परामर्श कार्यक्रम सम्पन्न

भद्रपुर २३ जेठ । झापाको भद्रपुरमा एकदिने महिला सचेतना तथा कानूनी परामर्श सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । भद्रपुर नगरपालिकाको आर्थिक सहयोग र एबीसी नेपालको आयोजनामा स्थानीय महिलाहरुलाई लक्षित गरी सञ्चालित कार्यक्रमको उद्घाटन भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले गर्नुभएको थियो ।
आयोजक संस्था एबीसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौलाको अध्यक्षता तथा मेयर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पोखरेल, उपप्रमुख राधा कार्की, भद्रपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रामप्रसाद दाहाल, प्रहरी निरीक्षक दाक्षेपा शेर्पा, चन्द्रगढी सामुदायिक बन उपभोक्ता समितिका अनुज खतिवडा लगायतले समाजमा अझै पनि हिंसा नरोकिएको बताउँदै हिंसा विरुद्ध खुलेर आवाज उठाउन सुझाए ।


अधिवक्ता देवी निरौलाले सहजीकरण गरेको कानूनी सचेतना सम्बन्धी कार्यक्रममा महिला हिंसा विरुद्धका कानूनी व्यवस्था बारे जानकारी दिइएको थियो ।
स्थानीय ५० बढी महिलाको सहभागिता रहेको कार्यक्रमा औचित्य माथि प्रकाश कार्यक्रमकी अध्यक्ष सिटौला, स्वागत उपाध्यक्ष रेखा अधिकारी र सञ्चालन सचिव देविका बस्नेतले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2महिला सचेतना तथा कानूनी परामर्श कार्यक्रम सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img