झापा १५ मंसिर । चन्द्रगढी विमानस्थल सहयोग समितिभद्रपुर झापाले नेपाल सरकार र मातहतको निकाय नेपालनागरिक उड्डयन प्राधिकरणले तयार पारेर गुरुयोजना अनुसारकै भौतिक संरचना निर्माण गर्न गर्न माग गर्दै झापाका राजनीतिक दलहरुलाई ध्यानाकर्षण पत्रबुझाएको छ ।
नेपाल सरकार र प्राधिकरणले सन् २०२० देखि २०३० सम्ममा लागु हुनेगरी अन्तर्राष्ट्रिय स्तरको मध्यमतहको अत्याधुनिक विमानस्थल निर्माण गर्न यसअघि नै डिपिआर तयार पारिसकेको छ । डिपिआर विपरित चन्द्रगढी विमानस्थलको दक्षिणी भागमाभौतिक संरचना नबनाउन भन्दै संघीय समाजवादी पार्टीले माग अघि सारेपछि डि.पि.आर. अनुसारकै विमानस्थल निर्माण गर्न सहयोग समितिले मागगर्दै ध्यानाकर्षण पत्रबुझाएको हो ।
हिराप्रसाद पोखरेलको नेतृत्वमा गठित सर्वपक्षीय समितिले सोमबार नेपाली कांग्रेस झापाका सभापति उद्वव थापालाई ध्यानाकर्षण पत्र बुझाउँदै विमानस्थल निर्माण हुँदा समग्र भद्रपुरबासी र झापाकै विकास हुने बताउँदै डि.पि.आर अनुसारकै विमानस्थल निर्माणमा समन्वयकारी भूमिका खेलिदिन आग्रह गर्नुभयो । हिरा पोखरेल नेतृत्वमा रहेको सो टोलीमा राजेन्द्र रिजाल, दुर्गाप्रसाद भटराई, निरज पोखरेल, लोकनाथ भटराई लगायतको सहभागिता रहेको थियो ।
सो क्रममा सभापति थापाले उक्त डेलिगेशनलाई स्वागतगर्दै यसअघि एकपटक भद्रपुर विमानस्थल निर्माणका लागि डिपिआर तयार गर्ने विषयमा राजनीतिक दलहरुसँग छलफल भएको स्मरण गर्दै कार्यान्वयनमा ल्याउन पहल गर्ने बताउनुभयो ।
‘नेपाल सरकारले विमानस्थलको रन वे को लम्बाई, चौडाई, टर्मिनलभवन, सुरक्षाजाँच, यात्रु विश्रामकक्ष, डिउटी फ्रिपसल, रेष्टुरेन्ट, अत्याधुनिक पार्किङस्थल, प्लेन राख्ने हेङ्गर, नमाज स्थल, झापाको कलाकृति झल्काउन सक्ने स्थल, पार्किङ क्षेत्र, इन्धन डिपो, सुरक्षित क्षेत्र, विमानको क्षमताभार, गार्डेनिङ क्षेत्र, अधिग्रहण गर्दा लाग्ने शुल्क, अधिग्रहण प्रक्रिया, सुरक्षित र भरपर्दो बनाउन स्थानीयबासी, स्थानीय सरकार, जनप्रतिनिधि र सरोकारवाला समेतलाई संलग्न गराएको भएअझ सान्दर्भिक हुन्थ्यो’–झापाका राजनीतिक दललाई सहयोग समितिले बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ–‘नागरिक उड्डयन प्राधिकरणले दशकौंका लागिप्राविधिक रुपमा तयार गरेको गुरुयोजनालाई सफल बनाउनुपर्ने दायित्व आम नेपाली जनताकै हो ।’
हालको डिपिआर कार्यान्वयनमा नल्याउँदा मेची रङ्गशाला लगायतका भौतिक संरचना तथा सरकारी संरचनाहरु समेत ध्वस्त हुने, मुआब्जा लगायतको दोहोरो भार पर्ने उल्लेख गरिएको ध्यानाकर्षण पत्रमा डि.पि.आरकै आधारमा भौतिक संरचना निर्माण गर्न पुनःआग्रह गरिएको छ । प्राधिकरणले तयार गरेको डिपिआरको आधारमा भौतिक संरचना निर्माण गर्दा विमानस्थलको उत्तरतर्फ ५ सय मिटर, दक्षिणतर्फ र पश्चिमतर्फ ८÷८ सय मिटर बढ्ने अनुमान गरिएको समितिले जनाएको छ ।
यसैगरी सोही प्रकृतिको ध्यानाकर्षण पत्र सत्तासिन नेकपाका जिल्ला अध्यक्ष चिन्तन पाठकलाई समेत बुझाइएको टोलीले जनाएको छ ।
Good job to all freedom fighter & leaders…thanks to all…