HomeFeatured 2चेतना प्रकाशन संस्थाको सम्मान र कवि गोष्ठी सम्पन्न

चेतना प्रकाशन संस्थाको सम्मान र कवि गोष्ठी सम्पन्न

बिर्तामोड १३ मंसीर । बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच कवि गोष्ठी तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
चेतना प्रकाशन संस्था बिर्तामोडको आयोजनामा कोहेड कलेजमा आयोजित कार्यक्रममा संस्थाका संस्थापकहरु भानुभक्त खनाल, हरिबहादुर कट्वाल, कमला उप्रेती र कमला खरेललाई सम्मान गरिएको थियो । सम्मानित खरेल चेतना प्रकाशन संस्थाका संस्थापक पुण्य खरेलकी धर्मपत्नी हुन् । कार्यक्रममा झापाका १९ जना कविहरुले कविता वाचन गरेका थिए ।
आयोजक संस्थाका अध्यक्ष पुण्यप्रसाद खरेलको अध्यक्षता तथा लीला उदासीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा हेम अधिकारीले स्वागत गरेका थिए भने सम्मानित प्रतिभाहरुको सम्मान पत्र लीला अधिकारीले वाचन गर्नुभएको थियो ।
संस्थाका सचिव देवीचरण भण्डारीले सञ्चालन गरेको कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि उदासीले साहित्यिक संस्थाहरुमा पनि युवालाई नेतृत्व गर्ने अवसर दिएर राजनीतिक दलहरु समक्ष चेतना छर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा राजेन्द्र संग्रौला लगायतले मन्तव्य राखेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2चेतना प्रकाशन संस्थाको सम्मान र कवि गोष्ठी सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img