काहीँ छुवाछुतको विरुद्धको कुरा उठ्दा सामाजिक सञ्जाल, मिडिया, पत्रपत्रिका आदिमा चर्काचकी नै पर्छ । त्यस विषयमा गहिरिएर कसैले भन्दैनन् । माथिल्लो भन्ने जातियमा पनि भेदभाव भएकै छ । म पहिला छुवाछुत नमान्ने व्यक्ति होइन। कुनै सानो जातले (समाजले राखेको) पानी छोयो भने त्यो पानी फालेर फेरि थापेर नखाएको होइन । किनभने मलाई यस्तै सिकायो । अहिले आएर धेरै कुरा खोजेँ, अनि थाहा पाउदै गएँ । हाम्रो मानव जातिको विकास कसरी भयो भन्ने कुरा नै विवाद छ । प्राचीन कालमा काम गर्ने क्रममा विवाद हुँदा पूर्खाहरुले कामको बाँडफाँड समूह बनाएर गरिएको भन्ने कुरा इतिहासको पन्नापन्नामा थाहा पाएकै छौँ । पछि यसैलाई ठुलाठालुले गलत अर्थ लगाएर मानवजाति बिच आन्तरिक द्वन्द्व उत्पन्न गराएको कुरा पढ्न पाइरहेका छौँ तर कसैले पनि सही तरिकाले भन्न सक्दैन ।
एकजना नानीले पानी छोएको लाई तल्लो जातले छोएको जुठो पानी खायो भनेर घरका हजुरआमा–हजुरबुबाले गाली गरेर ५ महिनासम्म कुल देवताको कोठामा म छिर्न पाइनँ । किनभने बृद्ध हुनु भएको उहाँहरुलाई म कसरी बुझाउन सक्थेँ, उहाँहरुको मानसिक छाप मेट्न सजिलै सकिदैन थियो । हाम्रो समाजमा जैसी बाहुन, उपाध्याय बाहुन, क्षेत्री, सन्यासी आदिमा अनौठो किसिमको भेदभाव छ । सबैभन्दा ठुलो उपाध्याय अनि क्रमशः–ठुलो जैसी, क्षेत्री, सन्यासी । अनि उनीहरुबीच पनि क्रमशः–ठुलोदेखि सानोमा भेदभाव हुदै आएको छ । उनीहरुले फेरि अरु जातिलाई ।
उनीहरुले सहयोग, पानी, फलफुल, सब्जी, रोटी आदि मिठो मानी मानी लिन हुने तर खाना खायो भने उनीहरुको जात, धर्म, संस्कार आदिले दिदैन । त्यहीँ धानबाट बनेको परिकार खान संस्कारले सजिलै दिइरहेको छ । सोच्दा पनि अचम्म लाग्छ ,कस्तो संस्कार एउटै धर्म मान्ने भएपनि भेदभाव गर्नुपर्ने रहेछ । हामीले हाम्रो जात अनुसारको कुल देवता मान्दै आएका छौँ तर धर्म परिवर्तन गर्ने बित्तिकै कुल देवता नमान्ने भयौँ । हिजोसम्म त्यही कुल देवताको कोठामा अरु कोहि छिर्न हुदैन भनेर आस्था राख्ने हामी आज आएर पूर्वकालदेखि हाम्रा पूर्खाले मानेको कुरा एकैचोटि परिवर्तन गर्दा हाम्रो संस्कार, धर्म ,जात आदिले दिइरहेको छ । हामीले गरेको यो निर्णय हाम्रो जाति र धर्म विरुद्ध छ । हामीले यस्तो गरि राख्दा भगवानले सजिलै जा भन्न सक्नु भएछ । भोलिदेखि आजसम्म मानेको कुरामा विरुद्ध गरी बोल्ने अधिकार दिएको छ । मेरो भनाइ कुनै पनि धर्मको विरुद्ध छैन । के भन्न खोजेको भने हाम्रो कुनै पनि धर्मप्रति हामीले राखेको विश्वास मात्रै रहेछ नि ! विश्वास भएसम्म एउटा धर्म रहेर बाचौँ तर विश्वास नभए पछि अर्को । कुनै पनि कुरा गलत लागेको भए आफूमै परिवर्तन गर्न सकिने कुरो हो।
संस्कारको कुरा गरि राख्दा कुनै पनि धर्म वा जातले भोग दिनु भनेको छैन होला तर पनि हामी देवता खुशी हुने विश्वासले दिदैछौँ । कुनै भगवानले मलाई भोग दिनु भनेको छैन होला नि । घरमा बार्ने तर बाहिर जाँदा बार्न सक्दैनौँ । हामी कसरी संस्कारमा बसेर धर्मको रक्षा गरौँ त ! घरमा बार तर बाहिर जे गर भनेको छैन होला । यो सबै कुरा समाजले भोली मलाई के भन्छ भन्ने डर छ, अर्को समाजलाई पनि । सबै हामी देखावटी मात्रै गर्दै छौँ ।
भट्टीमा गई रक्सी खाएर बाटोघाटोको नालीमा लड्न संस्कारले अवश्य नै सिकाएको छैन होला मलाई संस्कारको उपदेश दिनेहरु । हाम्रो संस्कारले कुनै पनि अजात भनिने महिला माथि बलत्कार गर्न छेकेको छैन । के सबैमा झुठो माया देखाएर शरीररमाथि खेलबाड गरी आफ्नो सन्तुष्टि मेट्न अधिकार छ ? हामी कुन जात र धर्म आफ्नो संस्कारमा रही मानेको छौँ ? कुनै पनि पेसाको इज्जत छ नै । पण्डित पनि एउटा पेसा नै हो । उहाँहरु एउटा नियम, मर्यादामा रही आफ्नो अध्ययन समाप्त गरी दक्ष भई समाजलाई नियम, संस्कार, धर्मको बारे बिस्तृतमा भन्न सक्नु हुन्छ । म सोच्थेँ हामीले बनाएको खाना किन खादैँनन् ? हजुरहरुलाई भेद्भाव गर्न पक्कै सिकाएको छैन होला । मैले बुझेँ कि यो पण्डित बाहुनहरु मात्रै पढ्छन् अनि अरुले छोएको खायो भने त्यहीँ घरकाले नै गाउँमा हल्ला पिट्छन् । फलानो बाहुनले मेरो घरमा खायो भनेर । अनि त्यही कुरा समाजभरि फैलिन सक्छ । भोलि देखि समाजमा त्यो पण्डित जो पाए त्यहीँले छोएको खादोँ रहेछ । अबदेखि त्योलाई कसले बोलाउँछ भन्छन् , जसले गर्दा उहाँहरुको पेसा जाने खतरा हुन्छ । जाने पनि मौन बस्न बाध्य हुनुहुन्छ । अरु जातले पढे पनि हुन्छ तर एउटा कुरा पढेको अर्थ हुँदैन । भन्नुस् पण्डित ज्यूहरु हजुरको जातले लिने शिक्षा र अरु जातले लिने शिक्षामा कसरी भेदभाव हुन पुग्यो ।
दिदी अर्को जातमा बहिनी अर्को जातसँग विवाह गर्दा उहाँहरुबीच भेदभाव भइ रहेकै छ । विवाह गर्नुभन्दा अगाडि एकअर्कालाई खाना ख्वाउनु भएकै होला तर किन आज बहिनीकोमा जाँदा आफैँ भान्से हुनु पर्यो ? (एउटा बाहुन अर्को क्षेत्री) फेरि हजुरहरुको कुल देवता कसरी खुशी भए ? पहिला विवाह गर्नुभन्दा अगाडि एउटै थिए तर आज परिवर्तन भएर दुईथरि हुँदा पनि संस्कारको विरुद्ध भएन । धर्म पुत्रपुत्री पाल्दा पनि हाम्रो जात, धर्म र संस्कारले सजिलै मान्दो रहेछ नि । कुन जात, धर्म आदिको हो भन्ने कुरा नै थाहा छैन भने के हामी पूर्खाले देखाएको बाटो सबै हिडेका छौँ ? कसरी अन्तरजातीय विवाह गर्दा संस्कार मिल्दैन त ? हामीले माथिको कुराहरु हाम्रो संस्कार, धर्म आदि विरुद्ध कार्य गरेको किन देख्दैनौँ त ?
केही दिन अगाडि एकजनासँग रुपा सुनारको बारेमा भनाभन भयो तर उहाँले भनेको कुरा ठिकै लाग्यो पछि । त्यसदिन २ बजेसम्म यस बारेमा गहिराई गरेर अध्ययन गरेर मात्रै मेरो उत्तर पाएँ । उहाँको कडा शब्दले झन् खोज्न उत्प्रेरित गर्यो ।”KHABARHOUSE” मा छापेको र ‘सिधा कुरा निष्पक्ष खबर’मा छापिएको ईन्द्र खड्का को लेख ८्१० चोटि पढ्न बाध्य बनायो त्यसदिन । रुपा सुनार एक सञ्चारकर्मी भएर जातीय विरुद्धको आवाज उठाई रहँदा आफ्नो दलित (ठुलाबडाले राखि दिएको नाम) समुदायभित्र पनि भेदभाव भई रहेको देख्नु भयो कि भएन त ? आरक्षण कोटा हटाउनु पर्छ भनेर सरकारसमक्ष कति चोटि जानु भयो त ? के हामीलाई भत्ता दिनु पर्दैन भन्न सक्नु भयो त ? के सरकारतर्फ पनि दलित शब्द हटाउनै पर्छ भन्ने सुझाव आयो ? हजुरले आफ्नो समुदायमा बुझाउन सक्नु भएन अनि कसरी अरु समुदायमा बुझाउन सक्नु हुने छ ? कसरी वषौँदेखि मानवजातिको दिमागमा बसेको मानसिक छाप मेट्न सक्नु हुन्छ एकैचोटि । दलित समुदायले छुवाछुत भई रहयो भनी राख्दा किन आरक्षण कोटा, भत्ता आदि हटाऊ भन्न सक्नु हुँदैन ? हजुरहरु हेपिने आफुहरुनै हुनुहुन्छ ।
नेपाल सरकारले आरक्षण कोटा छुटाएर भेदभाव गर्न पाइने छैन भनेर किन नियम बनाउनु नि ? विभिन्न क्षेत्रमा फर्म भर्दा जात किन छुटाउन लगाई रहेको छ रु पूर्व सभामुख ओनसरी घर्ती मगर ज्यू यस विषयमा संसदमा कति चोटि कुरा उठाउनु भयो ? शिवमाया तुम्बाहाम्फे ज्यू सरकारले कानुनबाटै यस्तो शब्द हटाउन प्रस्तावहरु हजुर कानुन मन्त्री हुँदा किन लान सकनु भएन, फेरि सभामुख पनि भई सक्नु भएको होइन ररु वर्तमान प्रदेश १ का प्रमुख शेरधन राई ज्यू अझै यस प्रदेशको नामकरण हुन नसकनुको कारण जात नै होइन र रु सरकारले एकचोटि काठमाडौँ उपत्यकामा बली प्रथा रोक्न खोज्दा त्यहाँका समुदाय सरकार समक्ष नै जाई लागेका खबर सुनेको थिए ।
हुम्लामा फल्ने मार्सी धान अरु क्षेत्रमा नहुनुको कारण सबैलाई थाहा नै छ । अरु क्षेत्र मा पनि धान नै फल्छ होइन ररु भौगोलिक, हावपानी, माटो आदिको आधारमा त्यहाँ हुने बोटबिरुवा पनि एउटै जातको भए पनि त्यहाँको वातावरणले गर्दा मात्रै फरक पर्न गएको होइन र रु जातजाति, धर्म, संस्कार आदि पनि यसरी नै विकास हुदैँ आएको हामीले बुझ्न नसकेको मात्रै । नेल्सन मण्डेलाले कसरी रङ्गभेद सिंगो देशबाट नै हटाउन सके । गहिरिएर हेर्दा धर्म ,संस्कार आदि हाम्रो आजसम्म विश्वासमा मात्रै अडिएको प्रष्ट थाहा हुन्छ । एउटै कोखबाट जन्मिएका सन्तानमा भेदभाव हुनु नपर्ने हो । के आफू नास्तिक हूँ भन्नेहरुको संस्कार हुदैँन र ? यति प्रतिशत जाति यो पेशमा अर्को जाति यति प्रतिशत भन्नु पनि भेदभाव नै हो । आफनो सन्तानको नाम धर्म , जात आदिको आधारमा आजभोलि राखेको पाइदैँन ।
मेरो विचारमा यो कोरोना भाइरसले पनि राम्रो सिकाएको छ के रहेछ ठूलो भनेर ? हामीले जातीय विरुद्ध आवाज उठाई राख्दा ईन्द्र खड्काले भने जस्तो जातीय लडाई नै हुने छ । नेपाल सरकारले पनि दोधारेले कुरा गर्नु हुँदैन । कि त आरक्षण कोटा हटाउनु पर्छ कि त संविधान संशोधन गर्नु पर्छ । दलितलाई नै निमुखा भनी सेवासुविधा दिइ रहेको हो भने अरु जातिहरु पनि निमुखा नै छन् । उनीहरुलाई पनि राज्यबाट सेवासुविधा दिनै पर्छ । म पहिला अशिक्षित व्यक्तिहरु भएर भन्थे होइन रहेछ । कुनै पनि व्यक्तिले उच्च शिक्षा हासिल गर्ने बित्तिकै उसको मानसिक सोच परिवर्तन हुन नसक्दो रहेछ । देश समृद्धि बनाउनु छ भने विकासित देशहरुको जनताहरुको जस्तै एकअर्काको संस्कारलाई समान गर्न सक्नु पर्छ । अझै पनि हाम्रो देशमा छुवाछुत अन्त्य भएकै छैन भन्न मज्जाले मिल्छ । प्रत्येक जात र धर्ममा भेदभाव नै छ । पहिला आफू परिवर्तन हुन जरुरी छ । आगामी पुस्तालाई कस्तो सिकाउने भनेर प्रत्येक व्यक्तिको मानसिकतामा परिवर्तन हुन जरुरी छ । अनि मात्रै भेदभावरहित समाजको निर्माण हुन्छ । नत्र हिजो पनि भेदभाव भयो, आज पनि हुन्छ , भोलि पनि हुने छ ।
???