झापा ८ असार । पूर्व अर्थ मन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् ।
उनलाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको हो । पौडेललाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले बताएको छ । उनले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभाग जनाएको छ ।
पौडेल पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका थिए । एमालेले अहिले सबै प्रदेशमा पार्टी पुनर्गठन सुझाव संकलन गरिरहेको छ । उनलाई कार्यक्रमस्थलबाटै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा राखिएका पौडेललाई काठमाडौं ल्याइने प्रहरी स्रोतले बताएको छ ।
पूर्व अर्थमन्त्री पौडेल पक्राउ

































































































