Homeशिक्षामानसिक स्वास्थ्य र जीवन उपयोगी सीप कार्यक्रम सम्पन्न

मानसिक स्वास्थ्य र जीवन उपयोगी सीप कार्यक्रम सम्पन्न

बिर्तामोड १९ जेठ । सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गरि बिर्तामोडमा मानसिक स्वास्थ्य र जीवन उपयोगी सीप कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
बिर्तामोड नगरपालिका वडा नं. ५ को समन्वय तथा साझा पुस्ता नेपाल र एबीसी नेपाल झापाको आयोजनामा सञ्चालित कार्यक्रमको उद्घाटन बिर्तामोड नगरपालिका वडा नं. ५ का वडाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि रोहित प्रसाईले गर्नुभएको थियो ।


कार्यक्रममा बालबालिकाका दैनिक व्यवहारलाई कसरी सहज, सुन्दर र उर्जाशील बनाउने भन्ने कुरामा फोकस गरिएको थियो । कार्यक्रममा सकारात्मक सोचको महत्व, सकारात्मक सोचले जीवनमा ल्याउने परिवर्तन, खुशी हुनका लागि दैनिक अपनाउनुपर्ने तौर, तरिका र आमा, बुबा र गुरुको महत्व र सम्मानले व्यक्तित्व निर्माणमा पर्ने सकारात्मक प्रभावबारे प्रष्ट्याइएको थियो ।
त्यसैगरी दैनिक जीवनमा ग्रहण गर्नुपर्ने र नकार्नुपर्ने कुराहरु, निडर भावले व्यक्तिमा ल्याउने निखारता, जीवनमा आउन सक्ने जोखिम व्यवस्थापन, समस्याको पहिचान र साथीसंग आदानप्रदान गर्दा हुने फाइदा, सरल जीवनका सार्थक उदाहरणहरु, विद्यार्थी जीवनमा समयको महत्व, व्यवस्थापन र सही सदुपयोग, उमेर बढ्दै जाँदा शारीरिक तथा मानसिक रुपमा हुने परिवर्तन र संवेदनशीलता, राम्रो कामको सम्मानले व्यक्तित्व निर्माणमा पुग्ने सहयोग जस्ता विषयवस्तुमा सहजकर्ता लता खरेलले सहजीकरण गर्नुभएको थियो ।


कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रसाईले सकारात्मक सोच राखेर अघि बढे मात्रै जीवनको लक्ष्यमा पुग्न सकिने बताउँदै दैनिक जीवनलाई उर्जाशील बनाउनका लागि जीवन उपयोगी सीप अपरिहार्य रहेको धारणा राख्नुभयो । सिकाईको सबैभन्दा महत्वपूर्ण पाटो नै सिकाई भएको उल्लेख गर्दै तालिममा सिकेका सीपलाई व्यवहारमा अनुशरण गर्न सुझाउनु भयो ।
बिर्तामोड–५ स्थित देवी माविमा सञ्चालित कार्यक्रममा कक्षा ८ देखि १० कक्षा सम्मका किशोर किशोरीको सहभागिता रहेको कार्यक्रममा वडा सदस्य ओमभक्त सेढाई, देवी माध्यमिक विद्यालयका सहायक प्रधानअध्यापक लीला भण्डारी, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
आयोजक संस्था एबीसी नेपालकी अध्यक्ष कञ्चना ढकाल सिटौलाले स्वागत तथा औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन इन्दु पूर्वेलीले गर्नुभएको थियो ।
तालिम पछि सहभागीहरुका तर्फबाट निश्चल चापागाँई, दिप्सना दास र गृष्मा भुजेलले छोटो समयमा रमाइलो तरिकाले धेरै महत्वपूर्ण कुरा सिक्ने मौका पाएको आयोजकप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गरिदिन आग्रह गरे ।
साझा पुस्ता नेपालकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एबीसी नेपाल झापाकी सचिव देविका बस्नेत, बिराट बहुउद्देश्यीय सहकारी संस्थाकी कोषाध्यक्ष तथा अग्रज सञ्चारकर्मी भीमा शिवाकोटी, महिला उद्यमी संघ नेपालकी अध्यक्ष शर्मिला अधिकारी लगायतको आतिथ्यता रहेको लगायतको आतिथ्यता रहेको कार्यक्रममा जनआन्दोलन साप्ताहिकका प्रकाशक यज्ञप्रसाद पाठक, शकुन्तला कार्की, मनिसा भट्टराई थियो । कार्यक्रममा ११० बढीको सहभागिता रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
शिक्षामानसिक स्वास्थ्य र जीवन उपयोगी सीप कार्यक्रम सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img