Homeसमाचारजयन्द्रको बार्षिक अनुष्ठान, स्मृति भवन उद्घाटन, पुरस्कार समर्पण र कृति विमोचन

जयन्द्रको बार्षिक अनुष्ठान, स्मृति भवन उद्घाटन, पुरस्कार समर्पण र कृति विमोचन

धनुषकोटी १९ बैशाख । झापाको धनुषकोटीधाम परिषरमा आयोजित एक कार्यक्रमका बीच चारजना व्यक्ति सम्मानित हुनुका साथै दुईवटा पुस्तक लोकर्पण गरिएको छ भने एउटा भवन समेत उद्घाटन गरिएको छ ।
जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोष झापाको आयोजनामा सम्पन्न जयन्द्र प्रसाई स्मृति भवन उद्घाटन, जयन्द्र स्मृति ग्रन्थ, मुक्ति अस्तित्वद्वारा लिखित नेपाल बन्ने भयो कृति लोकार्पण गर्नुका साथै कोषले प्रदान गर्दै आएको साहित्य, पत्रकार अपाङ्गता पुरस्कार समर्पण गरेको हो ।
कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षता तथा प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि भट्टराईले जयन्द्र प्रसाईका नाममा निर्माण गरिएको पक्की भवनको समुद्घाटन गर्नुभएकोे थियो भने जयन्द्र स्मृति कृति र मुक्ति अस्तित्वको नेपाल बन्ने भयो कविता संग्रहको प्रमुख अतिथि भट्टराईसहितका विशेष अतिथिहरुले संयुक्त रुपमा लोकार्पण गरेका थिए । जयन्द्र स्मृति पुस्तकमाथि प्रधान सम्पादक विष्णुकुमार भट्राईले प्रकाश पार्नुभएको कार्यक्रममा नेपाल बन्ने भयो कृतिमाथि विष्णु कोइरालाले समिक्षा गर्नुभएको थियो ।
कार्यक्रममा २०८१ सालमा प्रकाशित बर्षोत्कृष्ट कृतिबाट याङरुप उपन्यासका लेखक ज्ञानु बुढाथोकी, बिष्णु चन्द्र पद्मा बिशेष सम्मानबाट नकुल काजी, धनमाया सक्रिय महिला पत्रकारिता पुरस्कारबाट रमा दाहाल र कमल पर्शु अपाङ्गता प्रोत्साहन पुरस्कार हरि अधिकारीलाई समर्पण गरिएको छ । धनमाया सक्रिय महिला पत्रकारिता पुरस्कारबाट पुरस्कृत दाहाल कान्तिपुर टेलिभिजनमा झापाबाट रिपोर्टिङ गरिरहनु भएको छ ।
पुरस्कृत कृति तथा व्यक्तिको व्यक्तित्वबारे क्रमशः डा. कुमार सुवेदी, राजेन्द्र प्रसाई, रेजिना गौतम, खिलप्रसाद शिवाकोटीले चर्चा गरेका थिए ।
पुरस्कृति प्रतिभाहरुलाई प्रमुख अतिथि भट्टराई, संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाई लगायत दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । अगाडिका तीनवटा पुरस्कारको राशी जनही २५/२५ हजार रहेको छ भने कमल, पर्शु अपाङ्गता प्रोत्साहिन पुरस्कारको राशी ११ हजार रहेको छ ।
गौतम शर्मा शिवाकोटीले सञ्चालन गरेको कार्यक्रम स्वागत तथा औचित्यमाथि संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईले प्रकाश पार्नुभएको थियो ।कार्यक्रममा प्रमुख अतिथि भट्टराई र बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख विष्णु प्रसाईंले शुभकामना मन्तव्य राखेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारजयन्द्रको बार्षिक अनुष्ठान, स्मृति भवन उद्घाटन, पुरस्कार समर्पण र कृति विमोचन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img