बिर्तामोड बैशाख । वडामा सञ्चालित विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि साझा प्रतिवद्धतासहित विद्यालयमा आमा (अभिभावक) कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक तथा निजी विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यार्थी अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति, टोलविकास संस्थाका प्रतिनिधि र जनप्रतिनिधि संलग्न अन्तरक्रियात्मक गोष्ठीमा सहभागी सरोकारवालाहरुले शिक्षाको स्तर उकास्न बुँदागत प्रतिबद्धता जनाएका हुन् ।
गोष्ठीको समुद्घाटन तथा समापनमा प्रमुख अतिथि दुर्योधन गुरुङले वडा नं. १० लाई शैक्षिक हबको रूपमा विकास गर्न सबै सरोकारवालाहरू एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाका अभिभावक सक्रिय भए वडालाई शैक्षिक क्षेत्रमा अब्बल बनाउन सकिनेमा बताउँदै वडाध्यक्ष गुरुङले भौतिक संरचनासंगसंगै विद्यालयमा अभिभावकले निगरानी बढाए शैक्षिक गुणस्तर बृद्धि असंभव नरहेको धारणा राख्नुभयो ।
गोष्ठीमा सहभागीले उठाएका जिम्मेवारी र प्रतिवद्धता निम्नानुसार छन् ।
विद्यालयले बालमैत्री वातावरण, प्रविधि आइसिटीको प्रयोग, र अतिरिक्त क्रियाकलापमा जोड दिने प्रतिबद्धता जनाएको छ। भौतिक पूर्वाधारतर्फ स्वच्छ खानेपानी, सफा शौचालय, र विद्यालयको सौन्दर्यकरणका साथै पारदर्शिता र गुनासो पेटिकाको व्यवस्थापन गरिने ।
शिक्षकको भूमिका ः
शिक्षकहरूले विद्यार्थीको मनोविज्ञान बुझेर व्यावहारिक र बौद्धिक ज्ञान दिने, शिक्षण सामग्रीको प्रयोग गर्ने र स्वयं अनुशासनमा रही विद्यार्थीका लागि रोल मोडल बन्ने प्रण गरेका छन्। विशेषगरी कमजोर विद्यार्थीको मनोबल बढाउन विशेष शिक्षण विधि अपनाइने बताइएको छ।
अभिभावकको सक्रियता
अभिभावकहरूले नानीबाबुहरूसँग साथीजस्तो व्यवहार गर्ने, उनीहरूको कुरा सुन्ने, र घरमा पढ्ने र खेल्ने समय तालिका मिलाइदिने प्रतिबद्धता व्यक्त गरे। छोराछोरीलाई सफा कपडा लगाएर र खाना खुवाएर विद्यालय पठाउने तथा समय(समयमा विद्यालय भ्रमण गर्ने विषयमा अभिभावकहरू सहमत देखिएका छन्।
जनप्रतिनिधि र सामाजिक व्यक्तित्वको सुझाव
कार्यक्रममा स्थानीय सरकार र सामाजिक अभियन्ताहरूले शिक्षा सुधारका लागि निम्न सुझाव दिदै प्रतिवद्धता जनाएका छन् ।
सामुदायिक र निजी विद्यालयको पाठ्यक्रममा एकरूपता ल्याउनुपर्ने, शिक्षकहरूले कक्षाकोठामा मोबाइल फोन, सुर्तीजन्य पदार्थ र च्युइगम प्रयोग गर्न पूर्ण बन्देज लगाउनुपर्ने, जनप्रतिनिधिले प्रत्येक हप्ता विद्यालयको अनुगमन र निरीक्षण गर्ने, शिक्षकहरूले अनिवार्य पोशाक लगाउने र साप्ताहिक रूपमा विद्यार्थीको शैक्षिक मूल्याङ्कन गर्ने, स्थानीय सरकारसँग समन्वय गरी यातायात, पुस्तकालय र स्वास्थ्य सुविधाहरूको विस्तार गर्ने, कार्यक्रमले विद्यालय, समुदाय र अभिभावकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै वडाको शैक्षिक भविष्यलाई सुनिश्चितताका लागि काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
गोष्ठीमा सहभागी सरोकारवालाहरूले नानीबाबुहरूको सफल भविष्यका लागि आ–आफ्नो क्षेत्रबाट गर्ने कामहरूको सूचीसहित प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रमको अध्यक्षता रेजिना गौतमले गर्नुभएको थियो । इन्दु पूर्वेलील सञ्चालन गरेको कार्यक्रममा महेन्द्र ज्योति माविका प्रधानअध्यापक जयकुमार झा लगायतले मन्तव्य राखेका थिए ।
गोष्ठीमा चारवटा समूहले तयार पारेका साझा प्रतिवद्वता सरस्वती दाहाल खतिवडा डिल्लीराम दंगाल, रंगलाल न्यौपाने र कृष्णकुमारी प्रसाईंले प्रस्तुत गरेका थिए । सहजकर्ता लता खरेलले सहजीकरण गरेको कार्यक्रमको सञ्चालन इन्दु पूर्वेलीले गर्नुभएको थियो । बिर्तामोड नगर पालिका वडा नं १० को सहयोगमा सञ्चालित गोष्ठीमा सरोकारवालाहरूका तर्फबाट दुवैदिन गरी १८८ जनाको सहभागीता रहेको आयोजक संस्थाले जनाएको छ ।
प्रतिवद्धताका बुँदा जस्ताको तस्तै
प्रतिवद्धताहरु ः
बालबालिका (विद्यार्थी) सफल हुन
क) विद्यालयले गर्नुपर्ने कामहरुः–
→ विद्यालयमा नियमित उपस्थित हुने वातावरण सिर्जना गर्ने →कक्षा कोठा वालमैत्री व्यवस्थापन → शिक्षण सिकाइमा प्रविधि क्ष्ऋत् को भरपूर प्रयोग → अतिरिक्त क्रियाकलापहरु प्रशस्त मात्रामा कार्ययोजना अनुसार संचालन → अभिभावक सचेतना (अभिभावक शिक्षा) कार्यक्रम → विद्यार्थी लाइ कुनै भेद भाव न गरी सम्मान जनक व्यवहार → सबैलाइ समान अवसर → स्वच्छ पिउने पानी र स्वस्थवर्धक खाजाको व्यवस्था हुनुपर्ने →छात्र/छात्रा,शिक्षकका लागि सफा र राम्रो शौचालयको व्यवस्था हुनुपर्ने → पुरस्कारको व्यवस्था/उत्प्रेरणात्मक कार्यक्रमको व्यवस्था गरिनुपर्ने
→ आकर्षक सौन्दर्र्यीकरण भएको विद्यालय मैदान, भवन, फलवाट → शिक्षक, विद्यालय, समुदाय, विद्यार्थी राम्रो सम्बन्ध बनाउने → सूचना पाटी, गुनासो पेटिका व्यवस्थापन → आर्थिक पारदशिता कायम गर्नुपर्ने ,
ख) शिक्षकले गर्नुपर्ने कामहरू –
→ विद्यार्थीहरुको मनोविज्ञान बुझेर सोही अनुसार शिक्षण बढाउनु पर्ने, → शिक्षकले किताबी शिक्षण मात्रा नभई व्यवहारिक सामाजिक र बौदिक ज्ञान पनि दिनुपर्ने , → शिक्षकले शिक्षण सामाग्रीको भरपुर प्रयोग गरी शिक्षण गर्गा
→ शिक्षक सर्वप्रथम स्वयम अनुशासनमा रही विद्यार्थीहरुलाई अनुशासनमा रहन सिकाउने
→ कमजोर विद्यार्थीको मनोबल उच्च बनाउने बढाउने खालका शिक्षण वि गर्नु पर्ने → असल मान्छे बन्न प्रेरणा दिने
गुणस्तरीय विद्यालय लागि ः विद्यार्थीको भूमिका
→ नियमित विद्यालय आउनुपर्ने । →पठनपाठनलाई आफ्नो मुख्य जिम्मेवारी सम्झनुपर्ने →विद्यालयको आचारसंहिताको पालना गर्नुपर्ने । →खाना खाएर विद्यालय आउनुपर्ने । → अनुशासनलाई आफ्नो मुख्य कर्तव्य गन्ने । → सधै सकारात्मक सोच राख्नुपर्ने । →शिक्षकले दिएको जिम्मेवारीमा सक्रिय सहभागि हुनुपर्ने, →विद्यालयका विविध क्रियाकलापमा सक्रिय सहभागि हुनुपर्ने । →आ आफ्ना समस्या, इच्छा र विचार (सोच) खुलेर शिक्षक र आमाबुबासँग राख्नुपर्ने । →सबैसँग नम्र र मिलनसार व्यवहार गर्नुपर्ने (ठूलालाई आदर र सानालाई माया) → विद्यालय समयको पालना गर्नुपर्ने →अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता जनाउने →आवश्यकीय शैक्षिक सामाग्री लिएर विद्यालय आउने →आफ्नो प्रतिभा विनाहिचकिचाहट राख्नुपर्ने । →सधै म सक्छु भन्ने भावना राख्नुपर्ने ।
अभिभावकको भूमिका
→. सकारात्मक सोचका साथ नानिबाबुहरु सँग व्यवहार गर्ने । →. जहिल्लै, जहाँ, जसरी पनि साथ साथै काम गर्न, पढ्न घुम्न खेल्न लैजाने । → उनीहरुका कुरा, गफ सुनिदिने साथै नकारात्मक भए सकारात्मक बनाइदिने ।
→ साथी जस्तो व्यवहार गर्ने । →. संस्कृति र संस्कारका कुराहरु सिकाउने । → सकेसम्म साथीहरुको व्यवहार थाहा पाउन नाम नै थाहा पाउन राम्रो हुन्छ । →प््रात्येक दिन विद्यालयले गृहकार्य दिएको छ÷छैन सोध्ने, ब्याग चेक गर्ने ।
→ बालबालिकाले गृहकार्य गर्दा उनीहरुसंगै बसिदिने, नजानेको सिकाई दिने । → स्कूल पठाउँदा खाना खुवाएर, सफा कपडा लगाएर विद्यालय पठाउने । →पढ्ने, खाने, खेल्ने, सुत्ने, मोबाइल हेर्ने समय तालिका बनाइदिने र सोही अनुसार गर्न लगाउने →नजानेका कुरा निर्धक साथ अनुशासित भएर शिक्षकसंग सोध्न प्रेरित गर्ने →आफ्नो बच्चाको संगत कस्तासंग छ ? बानी व्यहोरा कस्तो हुँदैछ ? निगरानी गर्ने । →अभिभावकले बेला बेलामा विद्यालयको पढाई, वातावरण, शिक्षक, विद्यार्थी अनुशासन, भौतिक संरचनाको अवस्था लगायतका विषयमा अनुगमन गर्ने, निगरानी राख्ने ।
→विद्यालयमा आफ्नो बच्चाको पढाईको बारेमा जिज्ञासा राख्ने र आवश्यक कदम चाल्ने ।
जनप्रतिनिधि र सामाजिक व्यक्तित्वहरुले गर्ने सुझावहरुः–
→ सामुदायिक विद्यालय र निति विश्यालयको पाठ्यक्रम एउटै बनाउनु पर्ने। →प्रत्येक विध्यालयमा अध्ययनरत विद्यार्थीहरुको कौशिक मूल्याउँन घाप्ताहिक हुनुपर्र्ने । → शिक्षकहरुले अभिभावकहरुलाई हप्तामा एक पटक प्रत्येक टोलमा अन्र्तक्रिया गर्नु वर्ष →विद्यार्थीहरुलाई अनिवार्य गृहकार्य दिनु पर्छ र चेक जाँच पनि गर्नु पर्छ। →प्राविधिक शिक्षामा जोड दिनु पर्छ, → लेसन प्लान नियमित गर्ने गराउने । → कक्षा कोठामा मोवायल प्रयोगमा बन्देज गर्नुपर्ने →अतिरिक्त क्रियाकलापमा बढीजोड दिने । →प्रत्येक विद्यालयमा पिउने पानीको व्यवस्थापन गर्नुपर्ने ।
→ शिक्षकहरुले कक्षा कोठामा सुधार गरी, जंकफुड, चुइगम जस्ता खानेकुरा खान बन्देज छ छैन निगरानी र नियमन गर्नुपर्ने →जनप्रतिनिधिले प्रत्येक हप्ता अनुगमन, निरिक्षण गर्नुपर्ने । →आर्थिक पारदर्शिता कायम राख्ने ।
→अभिभावकसंग त्रैमासिक रुपमा बैठक बसि समस्याहरु माथि छलफल गर्ने । →स्थानिय सरकार संग समन्वय गरि आर्थिक ओत व्यवस्थापन गरि यातायात, लाइवेरी, स्वास्थ्य तथा कतावरणीय सर सफाईमा जोड दिने
→शिक्षकले अनिवार्य पोशाक लगाउनुपर्ने र शैक्षिक सामाग्री आवश्यकता अनुसार प्रयोग गर्ने।

यसअघि गोष्ठीमा सहभागी विद्यार्थीहरुले अभिभावकले बालबालिकालाई घरमा कसैसंग तुलना गरेर डिमोटिभेट गर्नु नहुने, बालबालिकाको भावना बुझेर सोही अनुसार अघि बढ्न सहयोग गर्नुपर्ने, पारिवारिक माया, घरमा पनि पठनपाठनको वातावरण निर्माण हुनुपर्ने, बालबालिकाको निगरानी गर्नुपर्ने, पढ्न सिकाउनु पर्ने, स्कूलमा गृहकार्य दिएको छ की छैन दिएको गृहकार्य गर्योकी गरेन निगरानी गर्नुपर्ने, विद्यालयमा शिक्षकले बुझाएर पढाउनुका साथै सोध्दा झर्किन नहुने, विद्यार्थीको अनुशासन पढाईबाहेक अन्य क्षमताको पनि मूल्याङ्कन गरिनुपर्ने, अतिरिक्त क्षमता प्रस्फुटनको वातावरण बनाउने तथा अन्यत्र हुने प्रतिष्पर्धामा पनि सहभागी गराउनुपर्ने, बिद्यार्थीको संगत र व्यवहारबारे अभिभावकलाई जानकारी दिनुपर्ने, जस्ता कुरा औल्याएका छन् ।
त्यसैगरी आफन्त तथा छरछिमेकबाट भने बालबच्चाको रुचीको सम्मान गर्दै अघि बढ्न प्रेरित गर्ने, सकारात्मक सोच राखेर हौसला दिनुपर्नेमा जोड दिएका विद्यार्थीले जनप्रतिनिध, बिद्यालय व्यवस्थापन समितिले विद्यालय पुग्ने बाटोको अवस्था कस्तो छ ? खाजाको गुणस्तर कस्तो छ ? पिउने पानीको शुद्धता कस्तो छ ? शिक्षकले समयमा पढाइरहेको छ कि छैन ? विद्यार्थी विद्यालय पोशाकमा आयो कि आएन ? स्कूलभित्र कुनै किसिमको विभेद छ कि छैन ? जस्ता विषयहरुमा निरन्तर अनुगमन गरेर सुधारको पहल गर्नुपर्ने कुरा उठाएका थिए ।

































































































