Homeसमाचारसमाचारअक्सिजन वैंकसंगै प्लाण्ट निर्माण र भ्याक्सिनको पहल गर्न सुझाव

अक्सिजन वैंकसंगै प्लाण्ट निर्माण र भ्याक्सिनको पहल गर्न सुझाव

बिर्तामोड । कोरोना संक्रमित बिरामीको उपचारका लागि अक्सिजनको अभाव भइरहेका बेला एकका लागि एक अभियानको अगुवाईमा हुन लागेको  अक्सिजन वैंक स्थापना कार्यप्रति झापाका राजनीतिक दलहरुले ऐक्यवद्धतासहित आवश्यक सबै सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
‘कोरोना महामारीः अक्सिजन वैंकको स्थापना, व्यवस्थापन र एकका लागि एक अभियानको तयारी’ विषयमा शनिबार झापाका राजनीतिक दलहरुवीच भएको संवादमा दलका नेताहरुले ऐक्यवद्धतासहित सहयोगको प्रतिवद्धता जनाएका हुन् ।
संवाद समूह झापाको संयोजनमा भएको छलफलमा संविधानसभाका सदस्य तथा विभिन्न पार्टीका प्रमुखहरुले अक्सिजन वैंक स्थापनासंगै अक्सिजन प्लाण्ट र कोरोनाविरुद्धको भ्याक्सिनका लागि पहल थाल्न एकका लागि एक अभियानसंगै निजी क्षेत्रलाई सुझाव दिएका छन् ।
एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीले अभियानले हालसम्म गरेका काम र आगामी योजनाबारे दलहरुलाई जानकारी गराएका थिए । उनले अभियानलाई सहयोग गरेर महामारीबाट सबैलाई बचाउने कार्यमा सबै क्षेत्रबाट योगदान गर्न आग्रह गरे ।
संविधानसभाका सदस्यहरु सुधिरकुमार शिवाकोटी, दीपक कार्कीसहित दलका प्रमुखहरुले एकका लागि एक अभियानबाट भइरहेको कामको प्रशंसा गर्दै नागरिकको जीवन रक्षाका लागि अभियानबाट भइरहेको पहल अनुकरणीय रहेको बताए ।
नागरिकको जीवन बाँच्न र बचाउनका लागि आवश्यकताको आधारमा अघि बढ्न अभियानकर्मीलाई दलहरुले सुझाएका छन् ।
संविधानसभाका सदस्य कार्की र नेकपा एमाले झापाका अध्यक्ष चिन्तन पाठकले अभियानको काममा सरकारले सघाउने बताउदै भने–‘अभियानलाई अघि बढाउनुहोस्, सरकार साथमा छ ।’ सरकार र नागरिकलाई अभियानको यो कामबाट ठूलो सहयोग पुगेको उनीहरुको भनाइ छ ।
नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले अक्सिजन वैंकसंगै आजैबाट अक्सिजन प्लाण्टका लागि लाग्न र भ्याक्सीन ल्याउने पहल गर्न सुझाए ।
कांग्रेस नेता देउमान थेबे, नेकपा माओवादी केन्द्रका संयोजक मणिकुमार साम्पाङ विजय, जनता समाजवादी पार्टीका अध्यक्ष अनुतसिंह राजवंशी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष केशवप्रसाद ओझाले महामारीका बेला नागरिकको स्वास्थ्य प्रमुख विषय भएकाले अभियानलाई आफ्नो पार्टी जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए ।
एकका लागि एक अभियानका सहसंयोजक बिनोद बस्नेत, अन्तर्राष्ट्रिय झापाली समाजका वरिष्ठ उपाध्यक्ष नबीन पोखरेल, जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकाल, अििभयानका सदस्य सजेस शिवाकोटीले अभियानको कामबारे दलहरुलाई प्रष्टयाउदै मानवीय सेवा र सामाजिक कार्यमा निस्वार्थरुपमा लागिरहेको बताए ।  छलफलको सहजीकरण संवाद समूहको तर्फबाट अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।
यस्ता छन् छलफलका निष्कर्ष÷प्रतिवद्धता
१. झापा जिल्लामा कोरोना भाईरसको संक्रमण तीब्र बनेको  तथा  नयाँ प्रजातीका भाइरस समेत देखिन थालेको पुष्टि भैसकेको र उपचारका लागि जिल्लामा अक्सीजनको अभाव रहेकोले आम नागरिकको स्वास्थ्य संबेदनशिलतालाई ध्यानमा राख्दै एकका लागि एक अभियानको अगुवाईमा  झापामा हुन लागेकोे अक्सिजन बैंकको स्थापनाका लागि राजनीतिक दलको तर्फबाट ऐक्यबद्धता सहित सहयोग गर्ने प्रतिवद्धता ।
२.  झापामा अक्सिजनको अभाव हुन नदिन र त्यसको दीगो आपूर्ति गर्न जिल्लामै अक्सिजन प्लाण्ट स्थापनाका लागि तत्काल पहल थाल्न स्थानीय सरकारको सहभागितामा एकका लागि एक अभियानसहित निजी क्षेत्रलाई सुझाव दिदैं आवश्यक सम्पूर्ण सहयोग , समन्वय गर्ने  राजनीतिक दलको तर्फबाट प्रतिवद्धता । ३. अक्सिजन बैकको स्थापना , व्यवस्थापन र सञ्चालनमा उत्पन्न हुनसक्ने कानुनी एवं प्राविधिक समस्याको उचित समाधानका लागि अभियानलाई राजनीतिक दलको तर्फबाट समन्वय र सहजीकरण गर्ने । अक्सीजन बैंक स्थापना र संचालनका लागि अभियानले यथासक्य चाडो कार्य योजना ल्याउन एकका लागि एक अभियानलाई दलहरुबाट आग्रहसहित सुझाव ।
४.  कोभिड नियन्त्रण र उपचारका लागि अक्सिजन प्लाण्टसंगै भ्याक्सीन उपलब्ध गराउन आबश्यक पहल गर्न एकका लागि एक अभियानसहित निजी क्षेत्रलाई दलहरुको सुझाव तथा त्यसका लागि सहयोग गर्ने दलहरुको प्रतिवद्धता ।
५. कोभिड संक्रमितको उपचारका लागि सरकारी तथा नीजि अस्पताल÷प्रतिष्ठानका आकस्मिक कक्ष विभागको दायरा बढाउन आग्रह गर्दै आवश्यक समन्वयका लागि राजनीतिक दलको तर्फबाट थप छलफल र सहजीकरण गर्नेे ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारअक्सिजन वैंकसंगै प्लाण्ट निर्माण र भ्याक्सिनको पहल गर्न सुझाव
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img