Homeसमाचारलागुऔषध मुद्दाका फरार अभियुक्त पक्राउ

लागुऔषध मुद्दाका फरार अभियुक्त पक्राउ

भद्रपुर ८ जेठ । लागुऔषध मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत झापाबाट २०८१ असोज ११ गतेको फैसलाले लागुऔषध मुद्दामा दोषी ठहर गदै १० वर्ष कैद र ७५ हजार समेत तोकिएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा भद्रपुर नगरपालिका वडा नं. ८, एसपि मोड बस्ने ४१ वर्षीय ‘गुल्लु’ भनिने मोहम्मद असर्फ शेख रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक विजय चौहानको कमाण्डमा खटिएको विशेष टोलीले उनलाई शुक्रबार बिहान साढे १० बजेतिर गोप्य सूचनाका आधारमा उनकै बासस्थान नजिकै (एसपि मोड) बाट पक्राउ गरेको हो।
पक्राउ परेका प्रतिवादी शेखलाई फैसला कार्यान्वयनका लागि आजै जिल्ला अदालत झापामा उपस्थित गराइएको थियो। अदालतको आदेशानुसार उनलाई तोकिएको कैद भुक्तानका लागि जिल्ला कारागार झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारलागुऔषध मुद्दाका फरार अभियुक्त पक्राउ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img