भद्रपुर ६ जेठ । झापाको हल्दिबारी गाउँपालिकामा श्रीमानले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । हल्दिबारी गाउँपालिका वडा नं. ५ कन्चनश्री बस्ने ४४ वर्षीय ‘गणेश’ भनिने गोकर्णप्रसाद भण्डारीले ३३ वर्षीया श्रीमती उर्मिला कटवाल (भण्डारी) को हत्या गरेका हुन् ।
प्रहरीका अनुसार जेठ ५ गते बेलुका बजेतिर घरायसी विवाद हुँदा गोकर्णले श्रीमती उर्मिलाको टाउकोमा धारिलो हतियार (बाम्पोक) प्रहार गरेका थिए । हतियार प्रहारबाट गम्भीर घाइते भएकी उर्मिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न मृतकका श्रीमान गोकर्णलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै हत्यामा प्रयोग गरिएको हतियार बाम्पोक समेत बरामद भएको बताइएको छ ।
हत्या आरोपी भण्डारीलाई मुलुकी अपराध संहिता, २०७४ को ज्यान सम्बन्धी कसूर अन्तर्गत अनुसन्धानका लागि आज (जेठ ६ गते) जिल्ला अदालत झापाबाट अनुसन्धानका लागि ५ दिनको म्याद थप गरि प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता खगेन्द्र बहाद्र खत्रीले जनाएका छन् ।
बाम्फोक प्रहार गरी श्रीमतीको हत्या
































































































