अर्जुनधारा १६ जेठ । कालिकापीठ कालीस्थानको १९ औं साधारणसभाले पूर्ववत् पदाधिकारीलाई सर्वसम्मत चयन गरेको छ ।
पीठमा शनिबार सम्पन्न साधारणसभा एवं अधिवेशनले पीठका अध्यक्ष ज्योतिषाचार्य लक्ष्मीप्रसाद पोखरेलकै नेतृत्वमा सर्वसम्मत समिति चयन गरेको हो ।
१७ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा डिल्लीराम दाहाल र कर्णबहादुर तामाङ, सचिवमा भोलानाथ पोखरेल, सहसचिवमा रामप्रसाद मिश्र र कोषाध्यक्षमा खडानन्द खतिवडालाई सर्वसम्मत चयन गरेको हो ।
समितिको सदस्यहरुमा तारा गिरी, विन्दु मिश्र, गान्धारी मिश्र, रेणु बस्नेत, रुपनारायण भण्डारी, भानु निरौला, मनोज गोम्देन, राजेन्द्र अधिकारी, प्रेमप्रसाद पोखरेल, दीपक हुमागाँई चयन भएका छन् । संस्थाको विधान अनुसार वडाध्यक्ष पदेन सदस्य रहने व्यवस्था रहेकोले अर्जुनधारा ९ का वडाअध्यक्ष भिष्म मिश्र सदस्यमा चयन हुनुभएको छ ।
यसअघि संस्थाको साधारणसभा अर्जुनधारा जलेश्वरधामका अध्यक्ष नविन गट्टानीको प्रमुख आतिथ्यमा सम्पन्न समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि गट्टानीले प्रत्येक अभिभावकले आफ्ना सन्ततीसंग प्रत्येक दिन एकघण्टा धार्मिक विषयमा कुराकानी गरेर युवा पुस्ताको ध्यान धर्म संस्कार र संस्कृतिको संरक्षणमा आकर्षित गर्नुपर्ने बताउनु भयो । विगतमा मठ मन्दिरहरु न्यायालयको रुपमा रहेको बताउँदै उहाँले गुरुकुलीन शिक्षा नभए गुरुहरुको अभाव हुने र बैदिक धर्म संस्कृतिको लोप हुने हुँदा संरक्षण अनिवार्य भएको भनाई राख्नुभयो । आम्दानीको निश्चित प्रतिशत दान गरेर धार्मिक संस्थाहरुको संरक्षण गर्नुपर्ने उहाँको धारणा थियो ।
कार्यक्रममा त्रिफला राष्ट्रिय पुस्तकालयका संस्थापक प्रेमप्रकाश फलाहारीले सबै अक्षर मन्त्रमय हुने, सबै बनस्पतिमा औषधीय गुण हुने, अयोग्य व्यक्ति कोही नहुने चर्चा गर्दै सबैको सहयोगले मात्रै संस्था सफल हुने धारणा राख्नुभयो ।
सप्तऋषी गुरुकुलका व्यवस्थापन समितिका अध्यक्ष होमनाथ खनालले बैदिक परम्पराको संरक्षण नैतिकवान जनशक्ति उत्पादनमा गुरुकुलको भूमिका महत्वपूर्ण रहेको बताउँदै गुरुकुलिन शिक्षामा लगानी बढाउन सरकारसंग आग्रह गर्नुभयो ।
अर्जुनधारा १० का वडाध्यक्ष भुपेन्द्र न्यौपानेले स्वस्थ जीवन, स्वस्थ विचार र स्वस्थ आहार विहारले मात्रै मानव नैतिकवान हुने बताउँदै मठमन्दिरहरुलाई ध्यान योग र वैदिक शिक्षाको साधना केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै कालिका बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कर्णबहादुर तामाङले गाउँ समाजकै लगानी र सहभागितामा कालीको प्रतिमा बनाएर पीठलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गर्नुपर्नेमा जोड दिनुभयो ।
पीठका अध्यक्ष ज्योतिषाचार्य पं. लक्ष्मिप्रसाद पोखरेलले संस्थाको बार्षिक प्रतिवेदन र आगामी कार्ययोजना प्रस्तुत गरेको कार्यक्रममा कोषाध्यक्ष खडानन्द खतिवडाको तर्फबाट गोपाल खतिवडाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
पीडका उपाध्यक्ष डिल्लीराम दाहालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहसचिव रामप्रसाद मिश्रलले गर्नु भएको थियो ।
साधारसामा पीठको बृत्ति विकासमा सहयोग पुर्याउने दाताहरु महलाल पौडेल, ज्ञानबहादुर तामाङ, दुर्गालाल श्रेष्ठ र गिता मिश्र तथा कर्मचारी भेषराज अधिकारी र विद्यार्थी सौगात पोखरेललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा जयन्द्रप्रसाद साहित्य सेवा कोषका अध्यक्ष गोपीकृष्ण प्रसाई, कालीका संस्कृत विद्यापीठका प्राचार्य आ. रघुनाथ रिजाल, कालीस्थान बौद्ध चक्र गुम्बाका अध्यक्ष सन्त तामाङ, भुवनेश्वर शिवालयका अध्यक्ष डिललीराम चापागाई, पदमलाल श्रेष्ठ, पर्शुराम कटुवाल सञ्जीव तामाङ लगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्य रहेको थियो ।
कालीस्थान माविका प्रधानअध्यापक इन्द्र उप्रेतीको संयोजकत्वमा केदार पोखरेल र गोपाल खतिवडा सदस्य रहेको निर्वाचन समितिले नवनिर्वाचित समितिलाई शनिबारै पदभार ग्रहण गराएको छ ।
कालिकापीठमा पूर्ववत नयाँ नेतृत्व

































































































