Homeसमाचारसमाचारग्यालेक्सी अंग्रेजी स्कूलले गर्यो एसईई उत्कृष्टलाई सम्मान

ग्यालेक्सी अंग्रेजी स्कूलले गर्यो एसईई उत्कृष्टलाई सम्मान

भद्रपुर जेठ । भद्रपुर ९ स्थित ग्यालेक्सी अंग्रेजी स्कूलले २०८२ सालको एसईई उत्कृष्ट २३ जना विद्यार्थीलाई सम्मान प्रदान गरेको छ । विद्यालयमा आयोजित कार्यक्रममा एसईई परिक्षामा प्लस ए प्राप्त गरि उतिर्ण हुने ८ जना विद्यार्थीलाई जनहि दुईहजार पाँचसय नगदसहित प्रशंसा पत्र प्रदान गरेर सम्मान गरिएको हो । अरु विभिन्न ग्रेड हासिल गर्ने १५ जना विद्यार्थीलाई सम्मान स्वरुप प्रशंसा पत्र प्रदान गरिएको थियो ।
सम्मानितलाई प्रमुख अतिथि नगर शिक्षा शाखा प्रमुख पवित्रा ढकाल, विद्यालयका शिक्षक शिक्षिकाहरुले सम्मान गरेका थिए । सो अवसरमा विद्यालयका भाइस प्रिन्सिपल विवेक चम्लागाईले विद्यालयको ऐतिहासिक पृष्ठभूमिका बारेमा प्रकाश पार्दै २०८२ सालको एसईई नतिजामा नगरकै उत्कृष्ट नतिजा प्राप्त गरेको बताउनुभयो । विद्यलयले यस पटक सतप्रतिसत नतिजा ल्याउन सफल भएको भन्दै उहाँले विद्यालयमा यस वर्षबाट व्यवस्थापन र विज्ञान संकायमा समेत पढाइ शुरु गरिने बताउनुभयो । रोनक वंशलको अध्यक्षता तथा देवी प्रसाद सुवेदीको स्वागत र लक्ष्मण नेपालको सञ्चालन रहेको कार्यक्रममा प्रमुख अतिथि ढकाल, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुव्रत न्यौपाने, कृष्ण मैनाली लगायतले मन्तव्य राखेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारग्यालेक्सी अंग्रेजी स्कूलले गर्यो एसईई उत्कृष्टलाई सम्मान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img