Homeशिक्षाझापाका २ आंगिकसहित १३ वटा क्याम्पसमा स्ववियु निर्वाचन, १३,५६८ मतदाता

झापाका २ आंगिकसहित १३ वटा क्याम्पसमा स्ववियु निर्वाचन, १३,५६८ मतदाता

रेजिना गौतम
झापा चैत ।
आज हुने स्ववियु निर्वाचन अन्तरगत झापाका २ आंगिक तथा सम्बन्धन प्राप्त ११ वटा सामुदायिक क्याम्पससहित १३ वटामा स्ववियु निर्वाचन हुँदैछ । निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको तत् तत् क्याम्पसहरुले जनाएका छन् । १३ वटा क्याम्पसमा एकमुष्ठ १३ हजार ५ सय ६८ जना मतदाताले स्ववियु निर्वाचनमा भाग लिंदैछन् ।
शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्था अत्यन्त राम्रो पारिएको झापाका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले बताउनु भयो ।
निर्वाचनका लागि अत्यन्तै सुरक्षित, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुने विश्वास समेत व्यक्त गर्दै भन्नुभयो, ‘झापाका २ आंगिकसहित १३ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ, सुरक्षा व्यवस्था अत्यन्तै राम्रो पारिएको छ । ’
दुई आंगिक क्याम्पसहरु मेची बहुमुखी र गौरादह कृषि क्याम्पस तथा त्रिबिविबाट सम्बन्धन प्राप्त दमक क्याम्पस, कनकाई क्याम्पस सुरुंगा, काँकरभिट्टा क्याम्पस, त्रिदेव क्याम्पस चारआली, बिर्तामोडका इन्द्रचन्द्र, कनकाई आदर्श क्याम्पस, शनिश्चरे बहुमुखि क्याम्पस, सिता रमेश क्याम्पस बुद्धशान्ति, गौरीगञ्ज बहुमुखि क्याम्पस, गौरादह बहुमुखी क्याम्पस, गरामनी क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ ।
स्ववियु निर्वाचन हुने क्याम्पसहरु मध्ये सबैभन्दा बढी दमक क्याम्पसमा ३ हजार ७ सय २ मतदाता रहेका छन् भने निर्वाचनका लागि १० वटा विद्यार्थी समूह दर्ता भएको क्याम्पस प्रशासनले जनाएको छ । त्यसैगरी मेची बहुमुखि क्याम्पसमा २ हजार ९ सय ५ जना मतदाता रहेको स्ववियु निर्वाचनका लागि ११ वटा विद्यार्थी समूह दर्ता भएको बताइएको छ । मेची क्याम्पसमा नेविसंघको केन्द्रीय नेतृत्वद्वय कृष्णप्रसाद सिटौला र विश्वप्रकाश शर्मा निकट उल्लेख गरि दुईवटा संगठन दर्ता भएको देखिन्छ । निर्वाचनमा भाग लिनका लागि ५ वटा विद्यार्थी समूह दर्ता भएको कनकाई आदर्श क्याम्पस, बिर्तामोडमा १७ सय मतदाता रहेका छन् भने ४ वटा विद्यार्थी समूह दर्ता भएको इन्द्रचन्द्र क्याम्पसमा १ हजार ९३ जना मतदाता रहेको बताइएको छ । यसैगरी बिर्तामोडकै गरामनी क्याम्पसमा सबै भन्दा कम ९० जना मतदाता रहेका छन् भने तीनवटा विद्यार्थी समूह दर्ता भएको क्याम्पसको तथ्याङ्कले देखाउछ । प्राप्त तथ्याङ्क अनुसार ३ वटा विद्यार्थी समूह रहेको शनिश्चरे बहुमुखी क्याम्पस, अर्जुनधारामा ७ सय ४९ जना मतदाता रहेका छन् भने ३ सय ६२ जना मतदाता रहेको गौरादह बहुमुखि क्याम्पसमा चारवटा विद्यार्थी समूहले सामुहिक रुपमा निर्वाचनमा भाग लिंदैछन् ।
त्यसैगरी ५ वटा विद्यार्थी समूह दर्ता भएको काँकडभिट्टा बहुमुखी क्याम्पसमा ३ सय २४ जना मतदाता रहेका छन् ।
यता ४ वटा समूह दर्ता भएको सिता रमेश क्याम्पस बुधबारेमा ५ सय ३७ जना मतदाता रहेका छन् भने गौरीगञ्ज बहुमुखी क्याम्पसमा ४ वटा विद्यार्थी समूह दर्ता हुँदा १ सयजना मतदाता कायम रहेका छन् । त्यसैगरी सुरुंगास्थित कनकाई क्याम्पसमा ६ वटा विद्यार्थी समूह दर्ता भएका छन् भने १ हजार ९१ जना मतदाता रहेका छन् ।
५ वटा विद्यार्थी समूह दर्ता रहेको त्रिदेव क्याम्पस चारआलीमा ६ सय ८१ जना मतदाता रहेको त्रिदेव क्याम्पसकी प्राध्यापक सावित्रा दाहालले जानकारी दिनुभयो ।
केही क्याम्पसमा प्रतिपक्षी अखिल क्रान्तिकारी, अनेरास्ववियूलगायत विद्यार्थी संगठनको अवरोध छ ।
विद्यार्थी संगठनका केन्द्रीय समितिले गठबन्धन नगर्ने नीति लिए पनि क्याम्पस तहमा सत्तापक्षीय तथा विपक्षी र सत्तापक्षको किसिम किसिमका चुवानी गठबन्धन भएको छ । सत्तारुढ नेविसंघ र अनेरास्ववियु, अनेरास्ववियु र अखिल क्रान्तिकारी, नेविसंघ र अखिल क्रान्तिकारी, अनेरास्ववियु र अनेरास्ववियू (एकीकृत समाजवादी निकट), नेविसंघविरुद्ध कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनबीच तालमेल गरेर उम्मेदवारी दर्ता भएको छ ।
विभिन्न क्याम्पसमा अलग अलग १६ वटा विद्यार्थी समूहले स्ववियु निर्वाचनका लागि विद्यार्थी समूह दर्ता गरेर उपस्थिति जनाएको तथ्याङ्कमा देखिन्छ । जस अनुसारः
एमाले सम्बद्ध अनेरास्ववियु, कांग्रेस सम्बद्ध नेविसंघ (कृष्ण सिटौला निकट), कांग्रेस सम्बद्ध नेविसंघ (विश्वप्रकाश शर्मा निकट), माओवादी केन्द्र सम्बद्ध अखिल (क्रान्तिकारी), ए.स. सम्बद्ध अनेरास्ववियू, रा.प्र.पा. सम्बद्ध रा.प्र.वि. सघ, विप्लव सम्बद्ध अखिल (समाजवादी), स्वतन्त्र विद्यार्थी कल्याण परिषद, नेपाली विद्यार्थी सघ (स्वतन्त्र), स्वतन्त्र विद्यार्थी जनहित सघ, मेची विद्यार्थी यूनियन, स्वतन्त्र विद्यार्थी समुह, हामी स्वतन्त्र छौ समुह, बैज्ञानिक समाजवादी पार्टी सम्बद्ध अनेरास्वबियु(क्रान्तिकारी), स.लो.रा.म. सम्बद्ध संघीय विद्यार्थी यूनियन, र ज.स.पा. सम्बद्ध समाजवादी विद्यार्थी यूनियनले समूहगत रुपमा उपस्थिति देखाएका छन् ।
निर्वाचनबाट लोकप्रिय, विद्यार्थी आचरण भएको नेतृत्व आउनुपर्ने विद्यार्थी संगठनहरुका केन्द्रीय नेतृत्वको अपेक्षा छ । अब आउने नेतृत्व विद्यार्थीका हक, हितका विषयवस्तु, एजेण्डा राख्न सक्ने, आम विद्यार्थीलाई नेतृत्व गर्न सक्ने, सम्बन्धित शैक्षिक संस्थाको विद्यार्थीलाई नेतृत्व गर्न सक्ने, लिडरसिप डेभलप्मेन्ट प्लाट्फर्मको रूपमा लिडरसिप स्किलको विकास गर्न सक्न, विद्यार्थी आन्दोलनलाई प्रविधिसंग जोड्न सक्ने, क्याम्पस वा विश्वविद्यालयलाई नयाँ मोडलको रूपमा विकसित सहयोगी भूमिका निर्वाह गर्न सक्ने, विश्वविद्यालयमा विद्यार्थीको आकर्षण जगाउन सक्ने, विद्यार्थीलाई पठनपाठनमा सहजीकरण गर्ने र त्यहाँको समस्या समाधान गर्ने नेतृत्व आउनुपर्नेमा केन्द्रीय नेतृत्वको जोडका साथै विश्वास पनि व्यक्त गरेका छन् ।
देशकै सबै भन्दा ठूलो र पुरानो शैक्षिक संस्था त्रिभूवन विश्वविद्यालय (त्रिबीबी) अन्तरगतका क्याम्पसहरुमा स्वबियु निर्वाचन हुँदैछ । एकातिर क्याम्पसमा पढाई राम्रो बनाउनका लागि व्यवस्थापन तथा सञ्चालन समितिलाई झक्झक्याउनका लागि नेतृत्व छान्ने ठाउँ हो भने अर्कोतर्फ राजनीतिक अभ्यास गर्ने थलो पनि

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
शिक्षाझापाका २ आंगिकसहित १३ वटा क्याम्पसमा स्ववियु निर्वाचन, १३,५६८ मतदाता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img