बिर्तामोड १ चैत । बिर्तामोड नगरपालिका वडा नं. १० स्थित श्री महेन्द्रज्योति माध्यमिक विद्यालयको ५९ औं बार्षिकउत्सव विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा बिर्तामोड नगरपालिका वडा नं. १० का वडाध्यक्ष दुर्योधन गुरुङको अध्यक्षता तथा कोशी प्रदेश सांसद खगेश्वरी पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयको भौतिक संरचना निर्माणमा सहयोग गर्ने दाता, शैक्षिक सामग्री तथा छात्रछात्रालाई न्यानो कपडा वितरण गर्ने दाताहरु, शिक्षकलाई सम्मान गरिएको थियो ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएको कार्यक्रममा प्रमुख अतिथि पौडेल, बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, शिक्षा इकाई समन्वय समिति प्रमुख, बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख लगायतका अतिथिहरु शुभकामना मन्तव्य राखेका थिए ।
भवानी शिवाकोटीले शब्दद्वारा स्वागत गरेको कार्यक्रममा विद्यालयको प्रगति विवरण तथा समस्याबारे प्रकाश पार्दै विद्यालयका प्रधानअध्यापक जयकुमार झापाले भौतिक संरचना अनुसार विद्यार्थी संख्यामा बृद्धि हुन नसकेकोमा दुःख व्यक्त गर्दै प्रयासरत रहेको जानकारी गराउनु भयो ।
विपन्न, असहाय, कमजोर अवस्थाका बालबालिकाहरु मात्रै सामुदायिक विद्यालयमा अध्ययनका लागि आउने गरेको खुलासा गर्दै अलिकति सक्षम विद्यार्थीको आकर्षण विर्तामोडतिरै भएको प्रधानअध्यापक झाले संकेत गर्नुभयो । कार्यक्रमको सञ्चालन सरस्वती दाहाल र विरेन्द्र कडरियाले गरेका थिए ।



















