Homeसमाचारसमाचारपूर्व प्रहरी संगठन झापाको अध्यक्षमा अभिचन्द्र रिजाल

पूर्व प्रहरी संगठन झापाको अध्यक्षमा अभिचन्द्र रिजाल

भद्पुर २६ वैशाख। झापाका प्रहरी प्रमुख बसुन्धरा खड्काले समाज रुपान्तरणमा पूर्व प्रहरी संगठनको भुमिका अतुलनीय रहेको बताउनुभएको छ । पूर्व प्रहरी संगठन झापाको २५ औं वार्षिक साधारणसभा तथा १० औं जिल्ला अधिवेशनको चन्द्रगढीमा शनिबार उद्घाटन गर्दै प्रहरी प्रमुख खड्काले यस्तो बताउनु भएको हो ।
उहाँले जिल्लाको शान्ति सुव्यवस्था कायम राख्नमा बहालवाला र पूर्व प्रहरी संगठनको भुमिका उतिकै रहेक‍ो उल्लेख गर्दै गत फागुनमा निर्वाचन सम्पन्न गराउन पनि पुर्व प्रहरीले सहयोग पुर्याएको भन्दै खुलेर प्रशंसा गर्नु भयो । कुनै पनि प्रहरीले देशको संस्कार र परम्परालाई बिर्सन नहुनेमा उहाँको जोड थियो ।
कार्यक्रममा जिल्लामा गत फागुनको निर्वाचनलाई शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न गराउन सफल भएको भन्दै प्रशंसा पत्रसहित दोसल्ला ओढाएर प्रहरी प्रमुख खड्कालाई सम्मान समेत गरिएको थियो । अभिचन्द्र रिजालको अध्यक्षता तथा सचिव कृष्ण सापकोटाको संचालनमा सम्पन्न उद्घाटन सत्रमा जेष्ठ सदस्य शेर बहादुर चौहान र तिलकबहादुर अधिकारी तथा संगठमा योगदान पुर्याउने अग्नि खड्का ,दिपेन्द्र घिमिरे र पर्शुराम भट्टराईलाई प्रशंसा पत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
उद्घाटन सत्रमा स्वागत मन्तव्य धनपति शिवाकोटीले गर्नु भएको थियो । सोही अधिवेशनले पुनः अभिचन्द्र रिजालको अध्यक्षतामा आगामी ४ वर्षे कार्यकालका लागि १७ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा ,इन्दिवरसिंह खड्का, उपाध्यक्षद्वयमा रामकाजी कट्वाल र भुपेन्द्र गिरीलाई सर्वसम्मत चयन गरिएको छ ।
यसै गरी सचिवमा कृष्णप्रसाद सापकोटा , सहसचिवमा दिपेन्द्र घिमिरे, कोषाध्यक्षमा देविभक्त आचार्य र सह कोषाध्यक्षमा सोभा पराजुली लगायतको १७ सदस्यीय समिति चयन गरेको निर्वाचन समितिले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारपूर्व प्रहरी संगठन झापाको अध्यक्षमा अभिचन्द्र रिजाल
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img