बिर्तामोड १७ जेठ । बिर्तामोडमा भातृ संस्था तथा एरिया समितिलाई अभिमुखीकरण दिईएको छ। नेवाः पासा मुना पुचःले नवगठित आफ्ना भातृ संस्था नेवाः ल्याम्ह पुच: नेवा: मिसा पुचः नेवाः ग्वाली पुच: बसपार्क, शनिश्चरे, चारपाने र भद्रपुर एरिया समितिलाई एक कार्यक्रमको आयोजना गरी अभिमुखीकरण दिइएको हो ।
कार्यक्रममा संस्थापक तथा पूर्वअध्यक्ष कृष्ण उदासले संस्थाको इतिहास र संस्थाका अध्यक्ष दिनेश श्रेष्ठले औचित्यमाथि प्रष्ट पार्दै भातृ संस्था तथा उप समितिहरु गठन, गठन गर्नुको उद्देश्य, काम कर्तव्य र जिम्मेवारीका बारेमा जानकारी दिएका थिए।
सलाहकार दिपक प्रधानले अनुसाशन तथा पारदर्शिता, पूर्वसल्लाहकार गणेश शाक्यले मान्युट लेखन ,पदीय जिम्मेवारी काम र कर्तव्य,संस्थापक सदस्य देवीभक्त श्रेष्ठले बिधान , दस्तावेज संरक्षण , संस्थागत गतिविधि संचालनबारेमा जानकारी दिएका थिए।
नेवाः ल्यामह पुचः ४० बर्ष देखि मुनिका युवाहरुको संस्था हो जसलाई सांस्कृतिक कार्यक्रमहरु गर्न मातृसंस्थाले परिचालन गर्दछ । नेवा: मिसा पुचः, महिलाहरूको संस्था हो। सामाजिक र खानपानको कार्यक्रमहरूसगै सामाजिक हरेक गतिविधमा प्रतिनिधीमुलक सहभागिता गराउने उद्देश्यले स्थापना गरिएको हो। नेवाः ग्वाली पुच: सहायता गर्ने उद्देश्यले गठन गरिएको संस्था हो । यसले समुदायका बिपन्न परिवारका बिरामी, रोगी अप्ठ्यारोमा परेकालाई आर्थिक सहयोग गर्ने उद्देश्य लिइएको छ । चारवटा उपसमितिहरूले भने त्यस क्षेत्रका आफ्नो समुदायको संख्या लेखाजोखा राख्ने, दुःखद् घटना बारेमा मातृसंस्थालाई जानकारी गराउने, मातृसंस्थाले आयोजना गरेको सांस्कृतिक कार्यक्रमहरु त्यसक्षेत्रको प्रतिनिधित्व गराउने जस्ता कार्य गर्दछ ।
सस्थाका अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षतामा बिर्तामोड ४ स्थित नेवाः छेँ भवनमा नव गठित समितिलाई संस्था परिचय सहित काम, कर्तव्य र जिम्मेवारी बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको एक दिवसीय अभिमुखीकरण कार्यक्रममा संसथापक, पूर्व अध्यक्षहरु, तीनैवटा भातृ संस्थाका प्रमुख तथा सदस्यहरु, एरिया समितिका संयोजक तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
संस्थापक सदस्य श्यामकुमार ताम्राकार र पूर्वअध्यक्ष प्रमेश हलुवाईले मन्तव्य राखेका थिए भने उपाध्यक्ष राजिव श्रेष्ठले स्वागत मन्तव्य र सञ्चालन सचिव मिलन शाक्यले गर्नुभएको थियो।
अभिमुखीकरण कार्यक्रम सम्पन्न

































































































