HomeFeatured 2झापा जिल्ला अदालतमा मिट द जज कार्यक्रम प्रारम्भ

झापा जिल्ला अदालतमा मिट द जज कार्यक्रम प्रारम्भ

भद्रपुर ४ जेठ । झापा जिल्ला अदालतमा मिट द जज कार्यक्रम सम्पन्न भएको छ। झापा जिल्ला अदालतका प्रमुख न्यायाधीश उमेशप्रसाद लुईटेलसंग अदालतका सेवाग्राही सरोकारवालाहरुले भेटघाट गरेका हुन।
सेवाप्रदायक कार्यालय अदालतबाट प्रवाह हुने सेवा के कस्तो पाउनु भएको छ भनि सेवाग्राहीले प्रमुख न्यायाधीशले राखेको जिज्ञासामा सहभागी सेवाग्राहीले आ(आफ्नो धारणा र प्रतिक्रिया दिएका थिए ।
अदालतबाट प्रदान गरिने सेवा, उपलब्ध सेवा सुविधाको अबस्था, अदालत र कर्मचारीबाट सेवाग्राही प्रति गरिएको वेवहार, सेवा प्रवाहमा पक्षपात वा अनियमितता भए, नभएको बिषयमा सेवाग्राहीसंग न्यायाधीशको प्रत्यक्ष भेटघाट गरिएको भनी झापा जिल्ला अदालतका श्रेस्तेदार डिल्लीराम प्रसाईले बताउनु भयो। उहाँले सेवाग्राहीको अपेक्षा सम्बोधन हुने गरी कार्य सम्पादन गरिने भनि बताउनु भयो।
अदालतको रणनीतिक योजना अनुसार न्यायिक प्रक्रियामा नागरिकको पहुँच बढाउन र सेवा प्रवाह अझ जनमैत्री बनाई सेवाप्रवाहमा अझ सुधार ल्याउन ून्यायाधीश भेटघाट ‘मिट द जज’ कार्यक्रम संचालन गरिएको हो। अदालतले प्रवाह गर्ने सेवा प्रवाह के कस्तो छ ? र सेवाग्राहीले सेवाप्रदायक निकायबाट के कस्तो अपेक्षा गरेका छन ? बारेमा सरोकारवालाको धारणा बुझ्न न्यायाधीशसंग भेटघाट मिट द जज कार्यक्रम गरिएको छ।
न्यायाधीश भेटघाट कार्यक्रममा मुद्दाका पक्षहरूसँग विचाराधीन मुद्दाको हार जितको सम्बन्धमा छलफल नभई मुद्दाको कामकारवाही, सेवा प्रवाह प्रक्रियामा भएका असन्तुष्टी र गुनासा न्यायाधीशले प्रत्यक्ष सुन्ने गरिएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2झापा जिल्ला अदालतमा मिट द जज कार्यक्रम प्रारम्भ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img