बिर्तामोड १८ जेठ । नारी कल्याण समाजको आयोजनामा मानव अधिकार तथा लैंङ्गिक हिंसा विरुद्धको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बिर्तामोडस्थित सिपी होटलमा आयोजित कार्यक्रममा उपस्थित सहभागीले मान्छेको मानव अधिकारका कुरा लामो समयदेखि उठ्दै आएपनि अनुभूति हुनेगरी कार्यान्वयन अझैपनि हुन नसकेको बताएका थिए भने लैङ्गिक हिंसाका फेरिंदा स्वरुपबारे चिन्ता व्यक्त गरेका थिए ।
नारी कल्याण समाजकी अध्यक्ष प्रेमा भट्टराईको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रसाई, विशेष अतिथि इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख सन्तोष पाठक, नारी सञ्चार गृह झापाकी अध्यक्ष स्वस्तिका आचार्य, पूर्वअध्यक्ष भिमा शिवाकोटी, लायन्स क्लब अफ स्मार्ट यसोदा उप्रेती, बाणिज्य संघ अन्तरगत महिला उद्यमी समुहकी अध्यक्ष राधिका चुडाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
मानव अधिकार तथा लैंङ्गिक हिंसा विरुद्धको अन्तरक्रिया

































































































