झापाकाे बिर्तामोड- ६ बुट्टाबारीमा आज भएको सेमिफाइनल खेलमा बितामोड युनाईटेड क्लब जलथल फुटबल क्लबलाई २ । १ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।
खेल शुरु भएको ७औ मिनेटमा युनाइटेड क्लबका जर्सी नं ११ सुर्य टुडुले जलथल बिरुद्ध पहिलो गोल गरेका थिए भने १८ औ मिनेटमा युनाइटेडकै जर्सी नं १० बिक्रम तामाङले दोस्रो गोल गरेका थिए ।
त्यस्तै खेलको ३८औ मिनेटमा जलथलका जर्सी नं १० बिजु खवासले युनाइटेडलाई एक गोल फर्काउन सफल भए पनि जित दिलाउन भने सकेन ।
अन्तत युनाइटेडका लागि बिक्रमले गरेको गोल नै अन्तिम र निर्णायक गोल बन्न पुग्यो । जलथललाई २/१ले पराजित गर्दै बिर्तामोड युनाइटेड फाईनलमा प्रवेश गरेको हो ।
म्यान अफ दी म्याच युनाइटेडका बिक्रम तामाङ भएका छन् । फाइनल खेल बैशाख २ गते आयोजक बुट्टाबारी युनाइटेड क्लब भर्सेस बिर्तामोड युनाइटेड क्लब बीच हुनेछ ।
प्रतियोगिताका विजेताले ५५ हजार र उपविजेताले ३३ हजार नगद तथा ट्रफि पाउनेछन् ।
बिर्तामोड युनाईटेड फाइनलमा

































































































