भद्रपुर । राष्ट्रिय व्यक्तिगत घटना दर्ता दिवसको अवसर पारेर भद्रपुरमा व्यक्तिगत घटना दर्ता अभियान शुरू गरिएको छ । पञ्जिकरण शाखा भद्रपुरको आयोजनामा सम्पन्न कार्यक्रममा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठले व्यक्तिगत घटना दर्ताको शुभारम्भ गर्नुभएको हो ।
भद्रपुर १० चन्द्रगढीस्थित वडा कार्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा भद्रपुर ७ का वडाध्यक्ष विनोदप्रसाद पोखरेल, भद्रपुर १० स्थित हनुमान टोल विकासका अध्यक्ष खड्गबहादुर खड्का, सिद्धार्थ टोल विकासबाट ज्योति न्यौपाने, भद्रपुर ७ का टोल विकासका अध्यक्षहरू मध्येबाट गंगाप्रसाद श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीको अध्यक्षता तथा नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्वागत वडा सचिव हिरण्य न्यौपाने र सञ्चालन पञ्जिकरण विभागका कर्मचारी प्रकाश भट्टराईले गरेका गर्नुभएको थियो । ।
भद्रपुरमा व्यक्तिगत घटना दर्ता शुभारम्भ

































































































