Homeसमाचारपरिवार नियोजन संघको ४३ औं साधारणसभा सम्पन्न

परिवार नियोजन संघको ४३ औं साधारणसभा सम्पन्न

भद्रपुर । नेपाल परिवार नियोजन संघ झापाको ४३ औं बार्षिक साधारणसभा चन्द्रगढीमा सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको सभाहल आयोजित कार्यक्रमको उद्घाटन समाजसेवी तथा संघका पूर्व अध्यक्ष छत्रबहादुर गिरीले गर्नु भएको थियो ।
संघको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष लोकनाथ भट्टराईले संघले आम नागरिकलार्इृ परिवार नियोजन लगाएतका प्रजनन स्वास्थ्य ,एच आई भी, यौन रोग, क्यान्सर, गर्भवती सुत्केरी लगायतका विभिन्न क्षेत्रमा सेवा प्रवाह गरेको बताउनु भयो ।
उहाँले संघ तथा संघ अन्र्तगतका शाखा कार्यालयहरुको भौतिक संरचना मर्मत संभार गर्नमा स्थानीय सरकार तथा विभिन्न संघ संस्थाले सहयोग गर्न समेत आग्रह गर्नु भयो । सचिव गणेश पोखरेलले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि गिरी प्रदेश सांसदहरु बसन्त बानिया, पुर्णसिंह राजबंशी, संघका केन्द्रिय महासचिव तेजप्रसाद चौम्लागाई , जिल्ला समन्वयन समिति झापाकी उपप्रमुख मिना पराजुली घिमिरे, १ नं प्रदेश सदस्य केदार गिरी, कनकाई नपा उपप्रमुख मन्जु प्रसाई , स्वास्थ्य कार्यालय झापाका प्रमुख ईश्वरी पौडेल, नेपाल रेडक्रस सोसाईटी झापा सभापति लोकराज ढकाल, भद्रपुर ८ वार्ड अध्यक्ष मनोज सुब्बा ,संघका पुर्व प्रमुख चन्द्रमणी पौडेल लगायतले मन्तव्य राख्दै संघले गरेका गतिविधीका बारेमा प्रशंसा गर्नु भएको थियो ।
भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य कार्यलय प्रमुख सुजन काफ्लेले गर्नु भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपरिवार नियोजन संघको ४३ औं साधारणसभा सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img